केही मसला र नुनसम्बन्धी उपयोगी जानकारी

३० कात्तिक ७५, शनिबार

एजेन्सी, कात्तिक ३०
हामी विभिन्न परिकार बनाउन र तिनीहरुलाई स्वादिलो बनाउन धेरै प्रकारका मसलाहरूको प्रयोग गछौँ । कतिपय मसलाहरूले तरकारीको स्वाद मात्र बढाउने नभई स्वास्थ्यमा पनि निकै फाइदा र्पुयाउँछन् । जस्तै : ज्वानो, बेसार, धनियाँ, जीरा, ल्वाङ ।

ती मसलाबारे कही उपयोगी जानकारीहरु :

जीरा

Advertisement

जीराले खाना पचाउन मद्दत गर्छ । यसले पेटमा ग्याँस बढ्ने समस्यामा ठूलो राहत दिन्छ ।

बेसार

Advertisement

बेसारले रगत सफा गर्छ । कफ कम गराउँछ । चिसोबाट बचाउँछ । यसमा एन्टी सेप्टिक, एन्टी बायोटिक, एन्टी एलर्जिक एवं एन्टी फंगल गुण हुन्छन् । यसले पीडा कम गर्न पनि सहयोग गर्छ ।

धनियाँ

धनियाँले खाना पचाउन सहयोग गर्छ । यसले एसिडिटी, पिसाब पोल्ने समस्यालाई ठीक गर्छ ।

रायो

रायोले पेटको कीरा मार्छ । पेटमा ग्याँस बन्न दिँदैन र पाचन क्रिया दुरुस्त बनाउँछ ।

ल्वाङ

ल्वाङमा एन्टी सेप्टिक गुण हुन्छ । यसले मुखको दुर्गन्ध हटाउँछ । पाचन शक्ति बढाउँछ र एसिडिटी हटाउन सहयोग गर्छ ।

मरिच

मरिचले रुघाखोकीबाट बचाउन सहयोग गर्छ । यसको नियमित सेवन गर्दा पाचन ठीक रहनुका साथै भोक पनि जाग्छ ।

हिङ

हिङले पेटमा ग्याँस भरिने समस्या हटाउँछ । तर यो खाँदा मात्रामा विशेष सतर्क हुनुपर्छ । यसले गर्भवतीलाई फाइदा नगर्नसक्छ । साथै यो धेरै खाइयो भने हड्डीमा समेत असर पुग्छ ।

सुकुमेल

सुकुमेलले एसिडिटी हटाउँछ । बढी खाना खाँदा हुने छटपटीलाई सुकुमेलले छिनभरमै हटाइदिन्छ ।

मेथी

मेथीले पेटमा ग्याास भरिने समस्यामा राहत दिलाउँछ । मधुमेह, जोर्नी दुख्ने समस्या तथा पाचन प्रणालीसम्बन्धी समस्यामा फाइदा गर्छ । बपालका लागि पनि मेथी राम्रो मानिन्छ ।

ज्वानो

ज्वानो पनि पेटका लागि हरेक हिसाबले फाइदाजनक मानिन्छ । यसले पेटको कीरा मार्छ । रुघाखोकीको समस्या छ भने यसको सेवनले फाइदा गर्छ ।

नुन

खानेकुरामा नुन भएन भने स्वाद हुँदैन । विशेष गरी दालतरकारीमा नुन नहाली हुँदैन । खाना स्वादिलो हुनका लागि नुन ठिक्क हुनुपर्छ । कम वा बढी भयो भने खाना बेस्वादिलो हुन्छ । अझ नुन चर्को भयो भने त खानै सकिँदैन । फेरिन पानी थप्दा पनि तरकारी स्वादिलो रहँदेन । उसो भए के गर्ने त ? नुन चर्को भयो भने केही उपाय अपनाएर त्यसको चर्कोपन कम गर्न सकिन्छ ।

आँटा

नुन चकोृ भएो दालतरकारीमा गहुँको पिठो मुछेर डल्लो बनाइ हालिदिने । केही बेरपछि उक्त डल्लो बाहिर निकालिदिने । यसो गर्दा नुनको चर्कोपन घट्छ ।

आलु

दालतरकारीमा नुन चर्को भयो भने आलु सफा गरी बोक्रा फालेर त्यसमा हालिदिने । ५-७ मिनेटपछि उक्त आलु निकालिदिने । यसो गर्दा नुनको चर्को धेरै हदसम्म कम हुन्छ ।

दही

नुनको चर्को घटाउनका लागि दालतरकारीमा थोरै दही हाल्न सकिन्छ ।

कागती

दालमा नुन चर्को भयो भने त्यसमा कागती निचोरेर त्यसको रस हालिदिने । यसो गर्दा नुनको चर्को कम हुन्छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top