‘साइँली’को फस्ट लुक सार्वजनिक,चैत्रमा रिलिज हुने

‘साइँली’को फस्ट लुक सार्वजनिक,चैत्रमा रिलिज हुने

काठमाडौँ, कात्तिक ३०
चलचित्र ‘साइँली’को फस्ट लुक सार्वजनिक भएको छ ।सुपरहिट गीत ‘सुन साइँली’को नाम सापटी लिँदै निर्माण भएको सो चलचित्र चैत्र १५ गते रिलिज हुनेछ ।

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्रले पहिलो लुकसँगै प्रदर्शन मिति समेत सार्वजनिक गरेको हो ।चलचित्रको दुई तीन पोस्टर सार्वजनिक भएका छन् ।

दुई पोस्टरमा चलचित्रकी मुख्य नायिका मेनुका प्रधान फिचर छिन् भने अर्को पोस्टरमा मेनुकाको साथमा अभिनेता दयाहाङ राई, गौरव पहारी र केनिपा सिंह फिचर्ड छन् ।

‘सुन साइँली’का गायक हेमन्त राना र नायक गौरव पहाडीले मिलेर निर्माण गरेको सो चलचित्र जीएच इन्टरटेन्मेन्टको ब्यानरबाट निर्माण भएको हो । चलचित्रमा लगानी बिशाल गुरुङ र मोहन राना मगरको रहेको छ ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.