ए डिभिजन लिग : अार्मीद्धारा च्यासल पराजित

ए डिभिजन लिग : अार्मीद्धारा च्यासल पराजित

काठमाडौं, मंसिर १
सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले च्यासल युवा क्लबलाई १–० ले पराजित गरेको छ ।

आर्मीका लागि युवा डिफेन्डर विकास खवासले सन्तोष तामाङको कर्नरमा २७ औं मिनेटमा हेडरमार्फत गोल गरेर टोलीलाई अग्रता दिलाए । खेलमा आर्मीले दवाव बनाएपनि गोल थप्न भने सकेन ।

च्यासलले पनि काउन्टरमा केहि अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेन । आर्मीले पहिलो हाफमा १–० को अग्रता लिएको थियो ।
जितसँगै आर्मीले लिगमा पहिलो जित दर्ता गरेको छ ।

आर्मीको २ खेलमा ४ अंक छ भने च्यासलको २ खेलमा १ अंक छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.