एनआईसी एशिया बैंकले १० प्रतिशत लाभांश दिने

३० कात्तिक ७५, शनिबार

काठमाडौं, मंसिर १
एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १०.५२६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७४÷०७५ को लागि १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ ।

Advertisement

शुक्रबार बसेको बैंकको ३७७औँ सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृती तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीलाई सो लाभांश वितरण गरिने जनाईएको छ ।

बैंकले आर्थिक वर्ष २०७४/०७५ मा कर्जा सापटीतर्फ ६१ प्रतिशतले वृद्धि गरी १३९ अर्ब तथा निक्षेप तर्फ ५८ प्रतिशतले वृद्धि गरी १६३ अर्ब रुपैयाँ संकलन गरेको छ ।

Advertisement

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेका अनुसार सो अवधिमा बैंकको नाफा १७० प्रतिशतले बढेर ७५ करोड ५३ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ३६.७८ रुपैयाँ रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top