विराटनगर,मंसिर १
समाजबादी लोकतान्त्रिक ट्रेड युनियन महासंघ प्रदेश एकको अध्यक्षमा मोहम्मद नसरुल मियां मनोनयन भएका छन् । संघीय समाजबादी फोरम नेपाल निकट सो ट्रेड युनियनको आज विराटनगरमा भएको प्रदेश एकस्तरिय भेलाबाट मोहम्मद नसरुलको अध्यक्षतामा २५ सदस्यिय तदर्थ समिति गठन गरिएको छ ।
सो ट्रेड युनियनको तीनजना उपाध्यक्षमा अजित लामा,कलाबती खवास र मनोज यादव चयन भएका हुन् । यस्तै सचिवमा शिव ढुंगाना तथा सहसचिवमा नविन राई,भरत ठाकुर र बिजय राई मनोनित भएका छन् । समाजबादी ट्रेड युनियनको कोषध्यक्षमा दिनेश राई र सहकोषाध्यक्षमा आनन्द राजवंशीलाई चयन गरिएको छ ।
मनोनित तदर्थ समितिका पदाधिकारीलाई संघीय समाजबादी फोरम नेपालका उपाध्यक्ष युवराज कार्की,बरिष्ठ नेता अशोक राई र समाजबादी लोकतान्त्रीक ट्रेड युनियनका अध्यक्ष नवराज दाहालले फुल मालाले सम्मान गरेका थिए ।
तदर्थ समितिमा थप गर्नेगरि हालकालागि २५ सदस्यिय तदर्थ कमिटि गठन गरिएको सो पार्टीको मजदुर तर्फका केन्द्रीय सदस्य गन्नु यादवले जानकारी दिए ।
कार्यक्रममा सम्बोधन गर्नुहुंदै संघीय समाजबादी फोरम नेपालका बरिष्ठ नेता अशोक राईले नाराले मात्र समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार हुननसक्ने बताउंदै मजदुरहरुको जीवनस्तर उकास्न ठोस पहल आवश्यक रहेको बताए ।