अब बिराटनगरबाटै माउन्टेन फ्लाईटको तयारी

अब बिराटनगरबाटै माउन्टेन फ्लाईटको तयारी

विराटनगर : यहाँका पर्यटन तथा होटल ब्याबसायीहरुले आफ्नै पहलमा माउन्टेन फ्लाईट उडाउने तयारीलाई अन्तिम चरणमा पुर्याएका छन् । विराटनगरबाटै माउन्टेन फ्लाईट (पर्वतीय उडान) गराउन लागी परेका उनीहरुले ‘विराट होलीडेज’ नाममा यसैसातादेखि नियमित माउन्टेन फ्लाईट गराउने भएका हुन् ।
काठमाडौँ भन्दा सस्तो दरमा माउन्टेन फ्लाईट गराउन सकिने सम्भाव्यता देखेपछि उनीहरुले यसअघि प्रदेश तथा संघिय सरकारसँग आवश्यक पहल गरिदिन आग्रह गरेका थिए ।तर, दुवै सरकारले त्यसलाई अघि बढाउन समय लाग्ने संकेत पाएपछि आफ्नै पहलमा माउन्टेन फ्लाईटको तयारी गरेका हुन् ।
विराटनगरमा २०७३ फागुन ११ देखि १७ गतेसम्म भएको विराट एक्स्पोको बेला एउटा माउन्टेन फ्लाईट गराईएको थियो । माउन्टेन फ्लाईटमा प्रदेश १ भित्रै पर्ने आठ हजार मिटरमाथिका हिमश्रृङ्खला अवलोकन गर्न सकिने छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.