महिला चिकित्सकलाई फेसबुकमा अश्लील सन्देश पठाउने वैज्ञानिक पक्राउ

महिला चिकित्सकलाई फेसबुकमा अश्लील सन्देश पठाउने वैज्ञानिक पक्राउ

काठमाडौं : ६५ बर्षका व्यक्ति साईबर क्राईमको मुद्धामा पक्राउ परेका छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

महिला चिकित्सकलाई प्रेम गर्ने भन्दै फेसबुकमा अश्लील सन्देश पठाउने ती वृद्ध हालसालै पक्राउ परेको डिएसपी बोगटीले बताए ।

यस्तै, पारिवारिक विवादमा आफ्नै भाईबुहारीबारे फेसबुकका अश्लील टिप्पणी गर्ने कृष्णकुमार खड्का क्षेत्री एक महिनाअघि पक्राउ परेका थिए ।

आफ्नै छात्रालाई फेसबुकमा बारम्बार अश्लील सन्देश पठाएर यातना दिएको आरोपमा दुई महिनाअघि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वैज्ञानिक मेघराज तिवारी पक्राउ परेका थिए । उनी धरौटीमा छुटिसकेका छन् ।

कतिपय संस्थागत विवाद पनि सामाजिक सञ्जालमा छताछुल्ला हुने गरेका छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.