एजेन्सी, मंसिर २
पोर्चुगल जारी युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । नेसन्स लिग अन्तरगत शनिबार राति इटालीको घरेलु मैदान मिलानमा भएको खेलमा सुपर स्टार क्रिस्टियानो रोनाल्डोविनाको पोर्चुगलले इटालीसँग गोलरहित बराबरी खेलेपछि सेमिफाईनलमा पुगेको हो।
एक खेल बाँकी छदै पोर्चुगल नेसन्स लिग ए को समूह ३ मा को समूह विजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भएको हो । त्यस्तै इटाली समूह उपविजेता बन्दा पोल्यान्ड भने पुछारमा रहँदै रेलिगेसनमा पर्यो ।
घरेलु मैदानमा इटालीले गोलको अवसरलाई सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिन पुग्यो । रसिया विश्वकपपछि क्रोएसियाविरुद्धको मैत्रीपूर्ण खेलयता रोनाल्डोले विश्राम लिने निर्णय गरेका कारण पोर्चुगलले खेलेका पछिल्ला खेलमा रोनाल्डो अनुपस्थित रहेका छन् ।
रोनाल्डाको अनुपस्थितिमा पनि पोर्चुगलले पछिल्ला ५ मध्ये ३ खेलमा जित हात पारेको छ । क्रोएसियासँग १–१ गोलको बराबरीमा रोकिएको पोर्चुगलले इटालीलाई १–०, पोल्यान्डलाई ३–२ र स्कटल्यान्डलाई ३–१ ले पराजित गरेको थियो ।