इण्डो–नेपाल बहुभाषिक कवि सम्मेलन भव्यरुपमा सम्पन्न

विराटनगर, मंसिर १
इण्डो–नेपाल बहुभाषिक कवि सम्मेलन(मुशायरा) शनिबार भव्यरुपमा सम्पन्न भएको छ । कौमी एकता मञ्च विराटनगरको आयोजनामा विराटनगरको विरेन्द्रसभागृहमा भएको मुशायरा कार्यक्रममा नेपाली, हिन्दी, उर्दु, मैथिली, भोजपुरी र मारवाडी भाषाका कविहरुले आफ्ना रचनाहरु वाचन गरेका थिए ।

कार्यक्रममा भारतका चर्चित कवियत्री चाँदनी शवनम्, भीवा शुक्ला, कविहरु अकमल बलरामपुरी लगायतले प्रस्तुती दिएका थिए भने नेपालबाट सीमा आभास, माया मितु, इम्तियाज वफा, विवस पोखरेल लगायतले नेपाली राष्ट्रियता झल्किने कविताहरु प्रस्तुत गरेका थिए । प्रविण नारायण चौधरीले मैथिली भाषामा कविता प्रस्तुत गरेका थिए ।

Advertisement

 

नेपाल–भारतबीच असमझदारी हटाउनुको साथै आपसी भाइचारामा वृद्धि हुने बताउँदै कार्यक्रम संयोजक जफर अहमद जमालीले दुवै देशका संस्कृतिको बारेमा नेपाल र भारतका स्थानीयले बुझ्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरे ।

Advertisement

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शेखर कोईराला, एमालेका नेता रुपेश खतिवडा, वसिम आलम तथा साहित्य क्षेत्रमा क्रियासिल साहित्यकारहरुको उपस्थिती थियो ।

सात सम्मानित
कार्यक्रममा उद्घोष दैनिकका सम्पादक मोहन भण्डारी, भगवान झा, असलम आलम, साहब अहमद्(गड्डु), सनातन मण्डल, मोहतरमा तनुजा र जनाब अबुल हसन नदवीलाई सम्मान गरिएको छ ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शेखर कोईरालाले उनीहरुलाई सम्मान पत्र प्रदान गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

सम्बन्धित समाचार

Scroll to Top