जेसीजको ४५ औं राष्ट्रिय महाधिवेशन जनकपुरधाममा

जेसीजको ४५ औं राष्ट्रिय महाधिवेशन जनकपुरधाममा

विराटनगर, मंसिर २
नेपाल जेसीजको ४५ औं राष्ट्रिय महाधिवेशन जनकपुरधाममा आयोजना हुने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गरी जेसीजले यहि पौष ७ गतेदेखि १० सम्म हुने ४५ औं राष्ट्रिय अधिवेशनको तयारीबारे जानकारी दिएको हो ।

स्थानीय तिरहुतिया गाछिमा हुन लागेको चार दिने महाधिवेशनमा देशभरबाट २५ सयभन्दा बढी जेसीजहरु उपस्थिती हुने महाअधिवेशन निर्देशक जेसी सन्तोष साहले बताए ।

कार्यक्रममा देशभरका कुल १ सय ४१ शाखाबाट प्रतिनिधिहरुको सहभागीता रहने छ । अधिवेशनको लागि २ करोड २० लाख खर्च हुने अनुमान छ ।

जसमा सहभागी हुन आउनेहरुसँग रजिस्ट्रेशन बापत १ करोड १६ लाख, दम्पती जेसीजबाट ११ लाख, जूनियर जेसीजबाट १० लाख ५० हजार र नेपाल जेसीज केन्द्रले ५ लाख दिने भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.