विराटनगर, मंसिर २
लायन्स क्लब अफ विराटनगर युनिक र लायन्स क्लब अफ विराटनगर सिटीको पदस्थापन कार्यक्रम आज विराटनगरमा सम्पन्न भएको छ ।
लायन्स क्लब अफ विराटनगर युनिक र लायन्स क्लब अफ विराटनगर सिटीका पदाधिकारीहरुलाई लायन्स ३ सय २५ ए वानका गर्भनर अनन्तप्रसाद भेटवालले पदस्थापन गराएका हुन् ।
पदस्थापन गर्दे लायन्स क्लब अफ विराटनगर युनिकका अध्यक्ष सुजन थापा र लायन्स क्लब अफ विराटनगर सिटीकी अध्यक्ष नमिता न्यौपानेले आफूले गर्ने कामको बारेमा जानकारी गराएका छन ।
कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्षद्धयले रक्तदान,सरसफाई,वृक्षारोपण,खेलकुद, महानगरपालिकासँग मिलेर निःशुल्क कानुनी परामर्श सेवा उपलब्ध गराउने बताए ।
कार्यक्रममा महानगर प्रमुख भीम पराजुलीले नवनियुक्त अध्यक्षद्धयलाई शुभकामना दिएका थिए ।