×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बेल्जियममाथि स्वीटजरल्यान्डको शानदार जित

३ मंसिर २०७५

एजेन्सी, मंसिर ३
जरी युइएफए नेसन्ल लिग फुटबल अन्तर्गत बेल्जियमले घरेलु टोली स्वीट्जरल्यान्डसँग लज्जास्पद हार बेहोरेको छ । बेल्जियमले सुरुवातमा अग्रता बनाएपनि स्वीट्जरल्यान्डसँग ५–२ को लज्जास्पद हार बेहोरेको हो ।

स्वीट्जरल्यान्डको लागि हरिस सेफेरोभिकले ह्याट्रिक पूरा गरे भने रिकार्डो रोड्रिग्वेज र निको एल्भेडीले समान १ गोल गरे । बेल्जियमका लागि थोर्गन हाजार्डले दुवै गोल गरे । थोर्गनको गोलबाट दोस्रो मिनेटमा नै अग्रता बनाएको बेल्जियमले १७ औं मिनेटमा थोर्गनकै गोलमा बेल्जियमले २–० को अग्रता बनाएको थियो ।

Advertisement
Advertisement

पछि परेपछि घरेलु टोलीले उत्कृष्ट प्रदर्शन गर्यो । रिकार्डोले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्कने संकेत दिएका थिए । ३१औं मिनेटमा हरिसले जद्रान शाकिरीको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए ।

ROSTOV-ON-DON, RUSSIA – JUNE 17: Steven Zuber of Switzerland celebrates with teammate Haris Seferovic after scoring his team’s first goal during the 2018 FIFA World Cup Russia group E match between Brazil and Switzerland at Rostov Arena on June 17, 2018 in Rostov-on-Don, Russia. (Photo by Kevin C. Cox/Getty Images)

४४औं मिनेटमा हरिसले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेपछि स्वीट्जरल्यान्डले पहिलो हाफमा ३–२ को अग्रता लिन सफल भएको थियो ।

६२औं मिनेटमा निकोले जद्रानकै पासमा गोल गरेपछि स्वीट्जरल्यान्डले खेलमा ४–२ को अग्रता बनायो । ८४औं मिनेटमा हरिसले ह्याट्रिक पुरा गर्दै स्वीट्जरल्यान्डलाई ५–२ को शानदार जित दिलाए ।

Advertisement

यो सँगै स्वीट्जरल्यान्ड लिग ए को समूह २ बाट समूह विजेताको रुपमा नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । हार बेहोरेको बेल्जियम पनि ४ खेलबाट ९ अंक बटुल्दै सेमिफाइनलमा पुग्न सफल भयो । कुनैपनि अंक जोड्न नसकेको आइसल्यान्ड रेलिगेसनमा परेको छ ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top