एजेन्सी, मंसिर ३
जरी युइएफए नेसन्ल लिग फुटबल अन्तर्गत बेल्जियमले घरेलु टोली स्वीट्जरल्यान्डसँग लज्जास्पद हार बेहोरेको छ । बेल्जियमले सुरुवातमा अग्रता बनाएपनि स्वीट्जरल्यान्डसँग ५–२ को लज्जास्पद हार बेहोरेको हो ।
स्वीट्जरल्यान्डको लागि हरिस सेफेरोभिकले ह्याट्रिक पूरा गरे भने रिकार्डो रोड्रिग्वेज र निको एल्भेडीले समान १ गोल गरे । बेल्जियमका लागि थोर्गन हाजार्डले दुवै गोल गरे । थोर्गनको गोलबाट दोस्रो मिनेटमा नै अग्रता बनाएको बेल्जियमले १७ औं मिनेटमा थोर्गनकै गोलमा बेल्जियमले २–० को अग्रता बनाएको थियो ।
पछि परेपछि घरेलु टोलीले उत्कृष्ट प्रदर्शन गर्यो । रिकार्डोले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्कने संकेत दिएका थिए । ३१औं मिनेटमा हरिसले जद्रान शाकिरीको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए ।

४४औं मिनेटमा हरिसले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेपछि स्वीट्जरल्यान्डले पहिलो हाफमा ३–२ को अग्रता लिन सफल भएको थियो ।
६२औं मिनेटमा निकोले जद्रानकै पासमा गोल गरेपछि स्वीट्जरल्यान्डले खेलमा ४–२ को अग्रता बनायो । ८४औं मिनेटमा हरिसले ह्याट्रिक पुरा गर्दै स्वीट्जरल्यान्डलाई ५–२ को शानदार जित दिलाए ।
यो सँगै स्वीट्जरल्यान्ड लिग ए को समूह २ बाट समूह विजेताको रुपमा नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । हार बेहोरेको बेल्जियम पनि ४ खेलबाट ९ अंक बटुल्दै सेमिफाइनलमा पुग्न सफल भयो । कुनैपनि अंक जोड्न नसकेको आइसल्यान्ड रेलिगेसनमा परेको छ ।