एक महिनादेखि सिंहदरबार गएका छैनन् प्रधानमन्त्री अ‍ोली

एक महिनादेखि सिंहदरबार गएका छैनन् प्रधानमन्त्री अ‍ोली

काठमाडौं : नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको नौ महिनापछि कार्यप्रगतिको समीक्षा गर्न बैठक बस्न लागेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंसिर ५, ६ र ८ गते बैठक बोलाएको छ तर सिंहदरबारमा हुने सो बैठकमा प्रधानमन्त्री ओली सहभागी हुने नहुने अनिश्चित छ ।

प्रधानमन्त्री अ‍ोली एक महिनादेखि सरकारी कार्यालय सिंहदरबार गएका छैनन् । मुलुकको कार्याकारी प्रमुखको भुमिमा रहेका उनले देशको शासनसत्ता सरकारी निवास बालुवाटारबाटै सञ्चालन गरिरहेका छन् ।

प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयको कार्य प्रगति चौमासिक समीक्षा बैठक प्रधानमन्त्रीकै उपस्थितिमा सिंहदरबारमा गर्ने निर्णय गरी बैठक आह्वान गरिसकेको ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.