बैदेशिक रोजगारः शुन्य लागतमा कामदार पठाउने सहमति

बैदेशिक रोजगारः शुन्य लागतमा कामदार पठाउने सहमति

कामठमाडौं : रोजगारदाताले नै सबै भर्ना खर्च बेहोर्ने गरी कामदार पठाउने सहमति स्रोत मुलुकले गरेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टका अनुसार यसका लागि गन्तब्य मुलुकसँग द्धिपक्षीय श्रम सम्झौता गर्न उनीहरु सहमति भएको जानकारी दिएका हुन् ।

उनका अनुसार वैदेशिक रोजगारका लागि कामदार पठाउने १२ देशहरुको बैठक कोलम्बो प्रोसेसमा यस्तो सहमति भएको हो । यो निकै महत्वपुर्ण सहमति हो ।

यसले कामदारको भर्ना प्रक्रियालाई पारदर्शी बनाउन ठुलो सहयोग गर्छ, नेपाल व्यावसायिक पहल एनबीआई द्धारा आयोजित कार्यक्रममा सोमबार उनले भने, स्रोत देशहरु रोजगारदातालाई जिम्मेवार बनाउने पक्षमा उभिँदा कामदारको हितका लागि गन्तब्य देशसँग उच्च सम्मानका साथ छलफल गर्न सकिनेछ । यसका लागि वातावरण बनेको छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.