एजेन्सी, मंसिर ४
नेपाली युवा स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग खेल्ने भएका छन् । उनी लाहोर कलन्दरबाट पीसीएल खेल्ने भएका छन् ।
गोल्ड क्याटागोरीमा रहेका सन्दिपले लाहोरबाट खेलेबापत ५० हजार अमेरीकी डलर पाउने भएका छन् ।
सन्दीप रहेकोे टिममा फकर जामन, एवी डिभिलियर्स, यासिर शाह साहिद अफ्रिदी अघ सलमान, साहिन अफ्रिदी, सोहिल अख्तर, हसन खान, कार्लोस ब्रेथवेट, मोहम्मद हफिज जस्ता खेलाडी रहेका छन् ।
पाकिस्तानी तिब्रगतिका बलर सोयव अख्तर सन्दीपको टिमको मेन्टरका रूपमा रहेका छन् ।