भारतीय प्रधानमन्त्री मोदी मधेशी जनताको पक्षमा छैनन् : सिके लाल

भारतीय प्रधानमन्त्री मोदी मधेशी जनताको पक्षमा छैनन् : सिके लाल

विराटनगर, मंसिर ४
राजनितीक विश्लेषक सिके लालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा मधेशका लागि आएको भन्ने भावना भए त्यो मधेशी जनताले त्याग्नुपर्ने बताएका छन् ।

मधेसी बौद्धिक समाज विराटनगरद्धारा मंगलबार विराटनगरमा आयोजित ‘मधेश कहाँ है’ नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै सिके लालले मोदी मधेशी जनताको गुनासो बुझ्न नआएको र नआउने बताएका हुन् ।

 

उनले मधेशी दलहरुले जनतालाई बीच आन्दोलनमा छोडेकोले मधेशमा संकट उत्पन्न भएको बताए । मधेशलाई सम्बृद्ध बनाउन मधेश नेपालको विरोधी नभई सहयोगी हो भन्ने कुरा सत्ता पक्षले बुझ्न आवश्यक रहेको बताउँदै सिके लालले जनता सन्तुष्ट नभए विकास असम्भव रहेको बताए ।

विदेशी राष्ट्रले मधेशका जनताको उन्मुक्तिका लागि पहल नगर्ने भन्दै उनले विदेशीले नेपाल चिने पनि मधेश नचिन्ने बताए । अन्तरक्रियामा सहभागीहरुले मधेश भनेर क्षेत्रलाई चिन्ने कि त्यहाँका जातजातिलाई बुझ्ने र यो शब्द विवादित हुनुको कारण बारे जिज्ञाशा राखेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.