अमिताभ बच्चनले तिरे १४ सय किसानको ऋण

अमिताभ बच्चनले तिरे १४ सय किसानको ऋण

काठमाडौं : बलिउड अभिनेता अमिताभ बच्चनले सयौँ किसानको ऋण तिरिदिएका छन् । उनले उत्तर प्रदेशका एक हजार तीन सय ९८ जना किसानले लिएको ऋण चुक्ता गरेका बताएका छन् ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

यसका लागि उनले ६ करोड नेपाली रुपैयाँभन्दा बढी खर्चेका छन् । मंगलबार बच्चनले आफ्नो ब्लगमार्फत ऋण चुक्ताबारे जानकारी दिएका हुन् ।

यसबाट आफुलार्य एउटा काम पुरा गरेको महसुस भईरहेको पनि उनले बताए ।एक सरकारी बैंकबाट किसानले लिएको ऋण अभिताभले तिरिदिएका हुन् ।

बैंक अफ इन्डियासँग सम्झौता गरेर उनले एकमुस्ट ऋण चुक्ता गरेका हुन् । उनले किसानलाई भेटेरै ऋणमुक्तिको प्रमाणपत्र दिने ईच्छा व्यक्त गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.