एजेन्सी,मंसिर ६
बुधबारबाट युएईमा सुरु भएको टि– १० लिग अन्तर्गत केरला नाइट्सको पहिलो खेलमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । सन्दीपले उत्कृष्ट प्रदर्शन गरेपछि केरालाले पख्तुन्सलाई ८ विकेटले पराजित गरेको छ । २ ओभर बलिङ गर्दै १७ रन खर्चेर ३ विकेट लिएका सन्दीप खेलको म्यान अफ द म्याच पनि भए ।
टस जितेर फिल्डीङ गरेको केरालाका लागि सन्दीपको उत्कृष्ट प्रदर्शनका बाबजुद पख्तुन्सले १० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९ रन जोडेको थियो ।
उनले आक्रामक देखिएका आन्द्रे फ्लेचर र कोलिन इन्ग्रामलाई पहिलो ओभर र मुहमद कालिमलाई दोस्रो ओभरमा पेभेलियन फर्काए । पाँचौ ओभर लिएर आएका सन्दिपले पहिलो बलमा नै फ्लेचरको विकेट । उनले फ्लेचरलाई ३२ रनमा आउट गरे ।
सोहि ओभरको पाँचौ बलमा उनले इन्ग्रामलाई एक रनमा आउट गरे । सन्दिपले आफ्नो पहिलो ओभरमा मात्र १० रन दिएर २ विकेट लिए । दोस्रो ओभरमा उनले मुहम्मद कलीमलाई खाता खोल्न दिएनन्
पख्तुन्सका लागि फ्लेचरले १४ बलमा ३ चौका र २ छक्कासँगै ३२ रन जोडे । क्यामरन डेलपोर्ट १५ बलमा २८ मा नटआउट रहँदा लिआम डसनले ११ बलमा २५ रनको योगदान दिए । केरलाका अन्य बलरले विकेट लिन सकेनन् । च्याडविक वाल्टन र डसन रनआउट भएका थिए ।
जवाफमा केरलाले आठौँ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । ओपनर क्रिस गेल १३ रनमा आउट भए भने पल स्टरलिङले १४ बलमा ३ चौका र ४ छक्कासहित ४० रन जोडे ।
कप्तान ओइन मोर्गन २० बलमा २ चौका र ५ छक्का प्रहार गर्दा ४६ रनमा नटआउट रहे । काइरण पोलार्ड पनि ६ बलमा ११ रन जोड्दै क्रिजमा रहे ।सन्दीप सम्मिलित केरालाले बिहीबार नै दोस्रो खेल खेल्दैछ ।