–असोज ४ गते सुनसरीको हरिनगरा– २ भुटाहामा दिनदहाडै स्थानीय शिक्षक खुर्सीद आलमको गोली हानी हत्या ।
–मंसिर ५ मंगलबार बिहानै सुनसरीस्थित दुहवी नगरपालिका – ९ छाताबेलीका ५४ बर्षीय फिदा हुसेनको गोली हानी हत्या ।
पछिल्लो समय मुस्लिमको बाहुल्यता भएको क्षेत्रमा अगुवाहरुलाई गोली हानी हत्या हुने गरेको उदाहरण मात्र हो ।
मुलुककै तेस्रो र प्रदेश नम्बर १ को सबैभन्दा बढी मुस्लिम बहुल क्षेत्र भएको स्थानमा मुस्लिम अगुवाहरुलाई दिनदहाडै गोली हानी हत्या गर्ने तर हत्यामा संलग्न कानुनी दायरामा नआउने प्रवृत्तिले मुस्लिम समुदाय असुरक्षित बन्दै गएको मुस्लिम अगुवाहरु बताउँछन् ।
मुस्लिम अगुवाहरुले राज्यको बेवास्ता र मुस्लिमलाई डर र त्रासमा राख्न सुनियोजित रुपमा मुस्लिम अगुवाहरुको हत्या गरिने गरेको आरोप लगाउन थालेका छन् ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।