×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026
Playing
World News: अमेरिकी र इरानी इस्लामाबादमा एउटै टेबलमा,खामेनीले भने इरानले विश्वलाई चकित पार्याे
Apr 10, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध विद्यार्थी आ*न्दोलित, कालापानी पनि एजेण्डा|| Nepal Times
Apr 10, 2026
Playing
अंश विवादको भया वह अ न्त्य, ४२ वर्षीया महिलाको ह त्या, भान्जा प क्रा उ || Nepal Times
Apr 10, 2026
Playing
रविकै अघि ज्ञानेन्द्र शाहीले भने तपाईंको बाध्यता बुझेका छौं || Nepal Times
Apr 10, 2026
Playing
खुश्वु ओलीले रास्वपालाई विश्वसनीयता र राजनीतिक संस्कारको पाठ पढाइन|| Nepal Times
Apr 10, 2026

पोलिथिन झोलाबाट पेट्रोल निकाल्न आँट गरेन स्थानीय तहले

७ मंसिर २०७५

काठमाडौँ,मंसिर ७

पोलिथिन झोलाबाट पेट्रोलियम पदार्थको उत्पादन गर्ने प्रविधि अपनाउन नगरपालिकाले अझै चासो नदेखाए पनि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले भने तीन वर्ष अघिदेखि यसमा अध्ययन गर्दै आएको छ ।

Advertisement
Advertisement

नास्टले देशभरका धेरै स्थानीय सरकारलाई पोलिथिनको व्यवस्थापनका बारेमा कार्यशालामार्फत जानकारी गराउँदै पनि आएको छ । पोलिथिनबाट पेट्रोल निस्कन्छ भनेर पहिलो पटक सुन्दा नौलो मानेर चासो दिए पनि शुरु नै गर्न आँट नगरेको प्रविधि सङ्कायका प्रमुख रवीन्द्रप्रसाद ढकालले बताए ।

उनले भने, “यी वर्षमा हामी धेरै ठाउँमा गएर यो प्रविधिबारे जानकारी गराइरहेका छौँ तर कतै पनि शुरु भएको छैन ।” “पोलिथिन झोलाबाट पेट्रोलियम पदार्थ निकाल्ने उपकरण करिव झण्डै रु दुई÷तीन करोडमा किन्न सकिन्छ ।

काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापनमा गर्ने खर्चभन्दा यो रकम कम हो । नयाँ नगरपालिका भएका एकभन्दा बढीले पनि आपसमा मिलेर काम गर्न सक्छन्”, उनले भने, “हामीले विभिन्न स्थानमा गएर यसबारेमा पनि छलफल गरिरहेका छौँ ।”

प्रतिष्ठानको सहयोगमा भएको एउटा अध्ययनमा एक किलोग्राम पोलिथिन झोलाबाट एक लिटर पेट्रोलियम पदार्थ निस्कन्छ ।एक व्यक्तिले एक दिनमा औषतमा ३१७ ग्राम फोहर उत्पादन गर्छ । जम्मा फोहरको १२ देखि १५ प्रतिशत पोलिथिन हुन्छ ।

एकातिर फोहरको व्यवस्थापन र अर्कातिर पेट्रोलियम पदार्थको आयात गर्नाको साटो यो विधिले काम गर्न सक्ने नास्टले बताउँदै आएको छ । नास्टले यी वर्षमा नेपालको पोलिथिनको गुणस्तर, कति पोलिथिनबाट कति पेट्रोलियम पदार्थ उत्पादन गर्ने सकिने र उपकरणका बारेमा पनि अध्ययन गरिरहेको छ ।

स्थानीय सरकार आफैँले व्यवसायमा हात हाल्ने भन्दा निजी क्षेत्रलाई जिम्मेवारी दिँदा सफल हुनसक्ने प्रविधि सङ्काय प्रमुख ढकालले बताए । खाका बनाएर व्यावसायिक रूपले अघि बढ्दा मात्रै फोहरको दीर्घकालीन समस्या समाधान हुनसक्छ ।

यसअघि विभिन्न पटक स्थानीय सरकारले व्यवसायमा हात हाल्दा सफल नभएको जानकारी दिँदै उनले भने, “स्थानीय सरकारले व्यवसायीलाई नै विभिन्न माध्यमबाट प्रोत्साहन गर्दा पोलिथिन व्यवस्थापन व्यवसाय सफल हुन सक्छ”, सहुलियत कार्यक्रम राखेर व्यवसायीलाई यस क्षेत्रमा ल्याउन सकिन्छ ।

फोहर व्यवस्थापनमा बढी रकम खर्च गर्ने काठमाडौँ महानगरपालिकालाई नास्टले पटकपटक यो प्रविधि भित्र्याउन अनुरोध गरिरहे पनि महानगरपालिकाले ‘ग्लोबल टेण्डर’ मार्फत फोहरको व्यवस्थापन गर्न लागेको भन्दै यसलाई अपनाउन मानेको छैन ।

सबैभन्दा बढी जनसङ्ख्या बसोबास गर्ने हुँदा पोलिथिनको प्रयोग काठमाडौँ उपत्यकामा सबैभन्दा बढी छ । कुनै एउटा स्थानीय सरकारबाट शुरु गर्दा अरु क्षेत्रमा समेत यो प्रविधि फैलाउन सकिने भन्दै प्रतिष्ठानले झापाको कन्काई नगरपालिकालाई लक्षित गरिरहेको छ ।

एउटा नगरपालिकामा कार्यक्रम शुरु गर्दा अन्यत्रसमेत फैलाउन सकिने जानकारी दिँदै प्रमुख ढकालले भने, “हामी कुनै एउटा ठाउँमा सफल कथा बनाउन हतारिएका छौँ ।” पेट्रोलियम पदार्थको कच्चा पदार्थका रूपमा रहेको पोलिथिनको महत्व बुझ्न नसक्दा यो समस्या बनिरहेको छ ।

यसलाई नष्ट गर्नका लागि बाल्ने वा कतै थुपारेर राखिन्छ । नकुहिने हुँदा माटोमा वर्षौ रहने र बाल्दा पनि मानव स्वास्थ्यमा नकारात्मक असर गर्छ । यसको व्यवस्थापनको सबैभन्दा राम्रो उपाय पेट्रोलियम पदार्थको उत्पादन भएको नास्टले जोड दिँदै आएको छ ।

नयाँ उत्पादन हुने फोहरलाई मात्रै नभएर वषौँदेखि थुप्रिएको फोहरबाट समेत पोलिथिनका झोला निकालेर पेट्रोलियम पदार्थ निकाल्न सकिन्छ । एक दशकभन्दा लामो समयदेखि फोहर थुप्रिएको ओखरपौवाबाट सजिलै पोलिथिन झिकेर यहाँको डङ्गुर हटाउन सकिन्छ ।

Advertisement

पोलिथिनबाट पेट्रोल र बाँकी रहेको कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन सकिन्छ । प्रमुख ढकालले भने, “स्थानीय सरकारले यसका लागि बजेट छुट्याएर कार्यक्रम बनाउँदा राम्रो सम्भावना छ ।”अहिले घरघरबाट पैसा लिएर फोहरमैला सङ्कलन गर्ने निजी क्षेत्रलाई पनि यसमा सहभागी गराउन सकिने नास्टले बताएको छ । सहुलियत रकममार्फत निजी क्षेत्रलाई आकर्षित गर्न सकिने उनले बताए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top