यस्तो छ प्रियंका चोपडाले बनाएको नेपाली फिल्म ‘पाहुना : द लिटिल भिजिटर’को ट्रेलर (भिडियो)

यस्तो छ प्रियंका चोपडाले बनाएको नेपाली फिल्म ‘पाहुना : द लिटिल भिजिटर’को  ट्रेलर (भिडियो)

एजेन्सी, मंसिर ७
बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको नेपाली चलचित्र ‘पाहुना ः द लिटिल भिजिटर’को ट्रेलर सार्वजनिक भएको छ ।नेपाली भाषामा अंग्रेजी सबटाइटल राखेर ट्रेलर तयार पारिएको छ । पाखी ए टायरवाला निर्देशित सो चलचित्र मंसिर २१ मा रिलिज हुँदैछ ।

प्रियंका चोपडा र उनकी आमा मधु चोपडाको ब्यानर पर्पल पेबल पिक्चर्सद्धारा निर्मित सो चलचित्रको ट्रेलरमा दुई बालबालिका फिचर छन् ।चलचित्रमा नेपालमा माओबादी द्धन्द्वबाट बचेर सिक्किम पुगेका दुई बालबालिकाको सर्घषलाई देखाइएको छ ।

चलचित्रमा इशीका गुरुङ, अनमोल लिम्बु, मञ्जु केसी, शरण राई, विनोद प्रधान, उत्तम प्रधान, विनिता लुगुन लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रले बिभिन्न अन्तराष्ट्रिय फेस्टेभलहरुमा सहभागी हुदैँ यो अवार्ड जितिसकेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.