चर्चित उपन्यासमा आधारित चलचित्र ‘समर लभ’को टिजर सार्वजनिक (भिडियो)

चर्चित उपन्यासमा आधारित चलचित्र  ‘समर लभ’को टिजर सार्वजनिक (भिडियो)

काठमाडौँ,मंसिर ७

लेखक सुबिन भट्टराईद्वारा लिखित चर्चित पुस्तक ‘समर लभ’ मा आधारित चलचित्र ‘समर लभ’ को अफिसियल टिजर युट्युब रिलिज भएको छ । टिजरले अतित र सायाको प्रेम र विछोडको कथा भन्छ ।

आशिष र रेवतीले डेब्यु गरेको चलचित्रमा सुरज सिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया र रेवती क्षेत्री प्रमुख भूमिकामा छन् । आशिष ‘अतित’ र ‘रेवती ’सायाु को भूमिकामा छन् ।

मुस्कान ढकालले निर्देशन गरेको सो चलचित्रमा सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् । चलचित्रको संवाद सुबिन र सामीप्य मिलेर लेखेका छन् ।

नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् ।

स्वपन सरकार र मनोज बिक सह–निर्माता रहेको चलचित्रमा एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् । पुष्पन प्रधानको संगीत रहेको सो चलचित्र सञ्जय लामाले छायांकन गरेका हुन् ।

माघ २५ बाट प्रदर्शनमा आउने चलचित्रको सम्पादक अर्जुन जिसी रहेका छन् । ‘समर लभ’ पुस्तक सर्वाधिक रुचाइएका कारण यो चलचित्रमाथि दर्शकको अपेक्षा बढी छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.