विराटनगर जेसीजको वर्ष २०१८ को ‘जेसीज सप्ताह’ सुरु

विराटनगर जेसीजको वर्ष २०१८ को ‘जेसीज सप्ताह’ सुरु

विराटनगर, मंसिर ९

विराटनगर जेसीजको वर्ष २०१८ को ‘जेसीज सप्ताह’ विराटनगरमा सुरु भएको छ । सप्ताहको उद्घाटनसँगै शनिबार ‘बैठक सञ्चालन विधि’ सम्बन्धि तालिमको आयोजना गरिएको हो ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली प्रमुख अतिथी रहेको सो कार्यक्रममा उपमेयर इन्दिरा कार्की, १९ वटा वडाका वडा अध्यक्ष र वडा सदस्यहरु उपस्थित थिए ।

शाखा अध्यक्ष राजेन्द्र थपलियाको सभापतित्वमा सम्पन्न भएको उद्घाटन समारोहमा शाखाका पूर्व अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०१८ का उपाध्यक्ष श्याम सुन्दर पौडेल (मिलन), पूर्व अध्यक्षहरु हरिबहादुर श्रेष्ठ, इन्द्र खेतान, गोपाल गुप्तासमेतको सहभागिता रहेको कार्यक्रम संयोजक सिदार्थ शाहले जानकारी दिए ।

सो कार्यक्रमको सञ्चालन महासचिव देवचन्द्र घिमिरेले गरेका थिए । ‘बैठक सञ्चालन विधि’ तालिममा सहभागीहरुलाई नेपाल जेसीजका पूर्व अध्यक्ष एवम् प्रशिक्षक सिनेटर राजविमल श्रेष्ठले प्रशिक्षण दिएका थिए ।

जेसीजको सप्ताह अन्तरगत आइतबार न्यायिक अदालत सम्बन्धि अन्तक्रिया, सोमबार फुटसल प्रतियोगिता , मंगलवार प्रेजेन्टेसन तालिम, बुधवार निःशुल्क दन्त परिक्षण, बिहिबार वक्तृत्वकला प्रतियोगिता र शुक्रवार जेसीज सम्मानसहित सप्ताहको समापन गरिने मुल सप्ताह संयोजक सेवक बजगाईले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.