जहाजभित्रै एक यात्रुको मृत्यु

जहाजभित्रै एक यात्रुको मृत्यु

रारा : रारा विमानस्थलबाट नेपालगन्जका लागि उडेको तारा एअरको टुईनेटर जहाजमा सवार एक यात्रु जहाभित्रै मृत्यु भएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

शनिबार दिउँसो १२ः ३० बजे रारा विमानस्थलबाट नेपालगन्जका लागि उडेको तारा एअरलाईन्सको नाइन एन एइटी कलसाईनको उडान नम्बर ७१६ जहाजमा मुगु जिल्ला सोरु गाउँपालिका ८ गिलाहाँ गाउँका अन्दाजी ३८ बर्षीय धिरजबहादुर शाहीको मृत्यु भएको आफन्तले बताएका हुन् ।

यता रारा एयरलाईन्स नेपालगन्ज स्टेसन म्यानेजर सुर्यमणि सुवेधीले यात्रुजहाँजभित्र अचेत भएको खबर आउनसाथ बिरामीलाई गाडीबाट अस्पतालतर्फ लाँदै गर्दा मृत्यु भएको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.