‘निर्मलाको हत्यारालाई सरकारको संरक्षण’

‘निर्मलाको हत्यारालाई सरकारको संरक्षण’

काठमाडौं : नेत्रविक्रक चन्द विप्लव नेतृत्व नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा संलग्नलाई सरकारले संरक्षण गरेको आरोप लगाए ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

नेकपाको पुनर्गठित भएको अवसरमा राजधानीमा शनिबार आयोजित कार्यक्रममा विश्वकर्माले निर्मला पन्त घटनाका दोषीलाई राज्य आफैँले संरक्षण गरेको बताए । कसरी दोषीलाई कारबाही गर्छ, विश्वकर्माले भने, दोषी पत्ता लगाउन राज्य पुर्णरुपमा असफल भएकाले हाम्रो पार्टीले खोजबिन गरी पत्ता लगाएर कारबाही गर्छ ।

विश्वकर्माले देशमा जनताको हितअनुसार काम नभएको बताउँदै जनताको मुक्तिका लागि अर्को आन्दोलन आवश्यक रहेको दाबी गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.