केरला किंग्सले तेस्रो खेलमा राजपुत्ससँग अंक बाँड्यो, सन्दीपले लिए दुई विकेट

एजेन्सी, मंसिर १०
युएईमा जारी टि–१० क्रिकेट लिगमा आईतबार भएको खेलमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएका छन् । सन्दीपले दुई विकेट लिएपनि वर्षाका कारण केरला किंग्सले तेस्रो खेलमा राजपुत्ससँग अंक बाँडेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको राजपुत्सले नौ ओभरमा पाँच विकेटको क्षतिमा ९५ रन बनाउँदा वर्षा भएको थियो । राजपुत्सका लागि लौरिई इभान्सले ३८ रन बनाएका थिए ।

खेलमा नेपालका सन्दीप लामिछानेले दुई विकेट लिन सफल भए । उनले पहिलो ओभरमा नै मोहम्मद शाहजादलाई एक रनमा आउट गराएको थिए ।

Advertisement

त्यस्तै, आफ्नो दोस्रो ओभरमा कार्लोस ब्राथवाइटलाई पनि एक रनमै आउट गराएका थिए । २ ओभर बलिङ गरेका सन्दीपले २३ रन खर्चेर २ विकेट लिएका थिए ।

यसअघि केरलाको पख्तुन्ससँगको खेलमा सन्दीपले ३ विकेट लिन सफल भएका थिए । उनी सो खेलमा म्यान अफ द म्याच पनि घोषित भएका थिए ।आफ्नो दोस्रो खेलमा पनि १ विकेट लिएका थिए तर, केरला भने सिन्धिससँग ९ विकेटले पराजित भएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top