×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

विराटनगरका दुई अदालत पूर्ण प्रविधिमैत्री बन्दै, अब हातहातमै अदालतको सुचना

१० मंसिर २०७५

विराटनगर मंसिर १०
सुचना प्रबिधिको प्रयोग अदालती काम कारवाहीमा समेत प्रयोग हुन थालेपछि पछिल्लो समय अदालतको काम कार्वाही र सेवा प्रवाह फेरिएको छ । इन्टरनेट प्रबिधिको प्रयोगले झन्झटिलो कामकाजी प्रकृया अन्त भएकोले अदालतको कामकाजमा सुधार आएको हो ।

जसका कारण अदालती सेवा छिटो,छरितो ,पारदर्शी बन्दै गएको छ । विराटनगरमा रहेका उच्च र जिल्ला अदालतले पनि सुचना प्रविधिको प्रयोग वढाएका छन ।यी कार्यालयहरुले अनलाइनबाट म्याद तामेली गर्ने र तारेख लिने गरेका छन् । जसका कारण अदालती कामकाज छिटोछरितो र पारदर्शी हुन पुगेको छ ।

Advertisement
Advertisement

२०६७ बाट सर्वोच्च अदालतले मात्र कम्प्युटर प्रबिधिको इन्टरनेट मार्फत कामकाज गर्न र सेवा प्रबाह गर्न थालेको थियो । हाल प्रदेश र जिल्लामा रहेका उच्च र जिल्ला अदालतमा पनि इन्टरनेट प्रयोगको बिस्तारसँगै अदालतको कामकाज र सेवा प्रबाहमा दु्रत रुपले सुधार आउन थालेको उच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद रेग्मीले जानकारी दिए ।

उनले अदालतले संचालन गरेको आधिकारिक बेवसाइट‘सुप्रिमकोर्ट डट जीओभी डट एनपी’मा गएर जो कोहीले चाहेको जानकारी सहजै लिन पाइन्छ । उक्त बेवसाइट प्रयोग गरेर दैनिक र साप्ताहिक पेशी सूची हेर्न,आदेश र फैसलाको जानकारी लिन र पूर्णपाठ हेर्ने सकिनेछ ।

आफनो इन्टरनेट र अनलाइन सेवालाई प्रभावकारी बनाउन अदालतले सवै फाँटमा दक्ष प्राबिधिकको दरबन्दी व्यवस्था गरेको छ । सवै इजलास अगाडि वा परिसरमा डिस्प्ले मनिटर राखेर मुद्दाको अवस्थाबारे जानकारी गराउन थालेको छ ।

जसका लागि अदालत परिसरमा ४ वटा डिस्प्ले मनिटर जडान गरिएको छ । उनले आजकल इन्टरनेट सेवा बिस्तार भएपछि सबैले घर वा कार्यालयमा बसीबसी हातमा रहेको मोवाइल वा कम्प्युटर मार्फत फैसलाको बारेमा सहजै रुपमा जानकारी लिने गरेको जानकारी दिए ।

अनलाइनबाटै म्याद तामेली र तारेख
उच्च अदालत विराटनगरका अनुसार अदालती सेवाका लागि अहिले घरमा बसी सेवाग्राहीले अनलाइनबाटै म्याद तामेली गर्न र तारेख लिन पाउने छन । त्यसकालागि पहिले मुद्दादर्ता भएको अदालतमा आफनो फोटोसहितको बायोडाटा भर्नुपर्दछ ।

बायोडाटा भरिसकेपछि सेवाग्राहीले सम्बन्धित जिल्ला अदालतमा निबेदन दिएपछि अनलाइनबाटै तारेख र म्याद तामेली हुन्छ । यो सेवा देशका सबै तहका अदालतमा सुचारु भैसकेको छ ।

हाल उच्च अदालत बिराटनगरमा मात्र हप्तामा ६० देखि ७० जनाले अनलाइबाटै म्याद तामेली गर्ने र तारेख लिने काम गरिरहेको उच्च अदालतका अभिलेख फाँटका नायव सुव्वा ओमराज सुबेदीले जानकारी दिए ।

उनले इन्टरनेटको प्रयोगबाट अदालती सेवाबारे जानकारी बिस्तार हुदै गएपछि त्यो सँख्या अझै बढदै गएको जानकारी दिए । अदालतले मुद्दाको जानकारी लिन आदेश र फैसला हेर्नकालागि सर्बसाधारणकालागि निशुल्क बेवपेज उपलव्ध गराएको छ । तर, अनलाइनबाट म्याद तामेली गर्न र तारेख लिन चाही आन्तरिक सफ्टवेयर प्रयोग गर्ने गरेको छ ।

Advertisement

अदालतमा वकपत्र,मुद्धाको दर्ता र सुनवाई लगायतका सेवाका लागि भने सेवाग्राही अदालतमै पुग्नु पर्नेछ । कानुनी बिषय अध्ययन गर्ने, दस्ताबेजहरु खोज्ने पढने र जाहेरी , निबेदन र फिरादपत्र आदि बिभिन्न लिखतहरु तयार पार्नकालागि पनि सहयोग पुग्न थालेको छ । अधिबक्ता पुरुषोतम नेपालले अदालतको वेवसाइट खोलेर कुन तहको कुन अदालतमा कहिले मुद्दाको पेशी,इजलासबाट भएको फैसला लगायतका जानकारी लिन पनि सहज भएको बताए ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top