सिके राउतका ३ कार्यकर्ता पक्राउ

१० मंसिर ७५, सोमबार

सप्तरी,मंसिर १०

Advertisement

राजविराजमा प्रदर्शनको तयारी गरिरहेका सिके राउतसँग सम्बन्धित तीन स्थानीय व्यक्ति आज अपराह्न पक्राउ परेका छन् ।

पूर्वसांसद महेशप्रसाद यादवसहित तीन जना पक्राउ परेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

Advertisement

रिमालका अनुसार यादवसँगै राजविराज –७ का नारायण यादव र विष्णुपुर गाउँपालिका –१ का महेश यादव पनि पक्राउ परेका छन् ।

उनीहरुलाई स्थानीय शिव मन्दिरको प्राङ्गणमा प्रदर्शनको तयारी गरिरहेका बेला नियन्त्रणमा लिइएको प्रनाउ रिमालले बताए ।

Advertisement

राउतको संस्थाका प्रचारप्रसार विभाग प्रमुख किसनले शान्तिपूर्ण प्रदर्शनको तयारी गरिरहेका बेला प्रहरीले हस्तक्षेप गरी तीन जनालाई पक्राउ गरेको आरोप लगाएका छन् । रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top