टी–१० लिग : पञ्जावी लिजेन्ड्सविरुद्धको खेलमा सन्दीप महँगो साबित

एजेन्सी, मंसिर ११
यूएईमा जारी टी–१० लिगमा अघिल्ला तीन खेलमा राम्रो प्रदर्शन गरेका नेपाली यूवा स्पिनर सन्दीप लामिछाने चौथो खेलमा महंगो सावित भएका छन् ।

पञ्जावी लिजेन्ड्सविरुद्धको खेलमा आफ्नो दुइ ओभर गर्दै सन्दीपले २८ रन खर्चिए भने कुनै विकेट हात पार्न सकेनन् । दोस्रो ओभरमा सन्दीपले उमर अकमललाई बलिङ्ग गरेका थिए। अकमलले त्यही ओभरमा १ छक्का सहित ३ चौका प्रहार गरे ।

छैठौ ओभरमा व्यक्तिगत दोस्रो ओभर गरेका सन्दीपले दुइ चौकाको सामना गरे। पहिलो खेलमा २, दोस्रोमा १ तथा पछिल्लो खेलमा २ विकेट लिएका सन्दीपले चौथो खेलमा विकेट लिन नसकेका हुन् ।

Advertisement

सो खेलमा सन्दीप लामिछाने सम्मिलित केराला नाइट्स ३६ रनले पराजित भएको छ । सन्दीपको टोली करेला नाइट्सले टस जितेर बलिङ्ग गर्ने निर्णय गरेको थियो। पन्जाबले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७ रन बनायो।पन्जाबका लागि अकमलले सर्वाधिक ३० रन जोडे।

जवाफमा केरालाको लागि ओपनर क्रिस गेल बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । केरालाले नवौं ओभरमा अलआउट हुनुअघि ७१ रन मात्र बनाउन सक्यो । गेलले १९ बलमा ३५ रनको योगदान दिए । सन्दीप १ रनमा नटआउट रहे । पन्जाबका लागि म्यान अफ दि म्याच हसन खानले ४ तथा प्रविण कुमारले ३ विकेट लिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top