पत्रकार महासंघलाई आरती स्ट्रिपको २ लाख सहयोग

पत्रकार महासंघलाई आरती स्ट्रिपको २ लाख सहयोग

विराटनगर, मंसिर ११
नेपाल पत्रकार महासंघ मोरङको भवनलाई थप व्यवस्थितगर्न आरति स्ट्रिप प्रालिले आर्थिक सहयोग गरेको छ । पत्रकार महासंघमा थप पुर्वाधार निमार्णका लागी महासंघले काम अगाडी ढढाएपछि आरती स्ट्रिपले सहयोग गरेको हो ।

नेपाल पत्रकार महासंघद्धारा आयोजित एक कार्यक्रमका बिच आरती स्ट्रिपले आर्थिक सहयोग हस्तान्तरण गरेको हो । कार्यक्रमा उधोग संचालक समितिका उपाध्यक्ष सन्जिव शर्माले पत्रकार महासंघ मोरङका अध्यक्ष वन्धु पोखरेललाई दुई लाख रुपैयाको चेक हस्तान्तरण गरे ।

महासघंमा केहि भएपनि सहयोग पुगोस् भन्ने उदेश्यले सहयोग गरेको समितिका उपाध्यक्ष शर्माले बताए । कार्यक्रमा बोल्दै पत्रकार महासंघका अध्यक्ष वन्धु पोखरेलले महासंघको भवनलाई थप व्यवस्थित गर्न थप पुर्वाधार निमार्णको काम शुरु गरिएकाले त्यसका लागी सवैलाई सहयोग पु¥याउन आग्रह गरे ।

कार्यक्रममा उधोगका प्रशासकिय अधिकृत दिवश नेपालले औधोगिक क्षेत्र सञ्चालनका लागी पत्रकार जगतले गरेको सहयोग महत्पुर्ण रहेको चर्चा गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.