अङ्क तालिकाको अन्तिममा रहेको सन्दीपको टोलिले आज जित्नै पर्ने दवाब

१३ मंसिर ७५, बिहीबार
Share this
704shares

एजेन्सी,मंसिर १३
युएईमा जारी टी–१० क्रिकेट लिग अन्तर्गत नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित केरला किङसले सुपर लिगको दोस्रो खेलमा आज (बिहिबार) नर्दन वारिवर्ससंग प्रतिस्पर्धा गर्दैछ ।

Advertisement

सारजाहमा केरला र वारिवर्सबीचको खेल नेपाली समय अनुसार बेलुका ५ः१५ मा सुरु हुनेछ । ४ खेलबाट ३ अंक जोडेर सातौं स्थानमा रहेको केरलालाई प्ले अफ सम्भावना जीवित राख्न केरलालाई जित्नै पर्ने दबाब छ । साविकको विजेता समेत रहेको केरला जित निकाल्दै प्ले अफमा पुग्ने सम्भावना कायम राख्न चाहन्छ भने वारिवर्स केरलालाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।

सुपर लिग अन्तर्गतको पहिलो खेलमा केरला पन्जाबी लिजेन्ड्ससंग ३६ रनले पराजित भएको थियो । वारिवर्सविरुद्ध नेपालका लेग स्पिनर सन्दीपले सुरुवाती ११ मा स्थान बनाउने पक्का जस्तै छ । सन्दीपले ४ खेलमा ६ विकेट लिईसकेका छन् । पन्जाबीविरुद्ध भने सन्दीप विकेट बिहिन बने । उनले सो खेलमा २ ओभरमा २८ रन खर्चिएका थिए ।

Advertisement

यसअघि सन्दीपले पहिलो खेलमा पख्तुनविरुद्ध २ ओभर बलिङ गर्दै १७ रन खर्चेर ३ विकेट लिएका थिए । जुन खेलमा उनी प्लेयर अफ दि म्याच समेत बनेका थिए । दोस्रो खेलमा सन्दीपले २ ओभर बलिङ गर्दै १४ रन खर्चिएर १ विकेट लिएका थिए भने तेस्रो खेलमा सन्दीपले राजपुट्सविरुद्ध २ ओभर बलिङ गर्दै २३ रन खर्चेर २ विकेट लिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top