मंसिर २९ गतेभित्र कटहरी खुल्ला दिसामुक्त क्षेत्र हुने

मंसिर २९ गतेभित्र कटहरी खुल्ला दिसामुक्त क्षेत्र हुने

विराटनगर, मंसिर १३
मोरङको कटहरी गांउपालिकाको वडानम्बर ५ र ६ लाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति सहित सरोकारवालाको उपस्थितिमा ती दुई वडालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।

गांउपालिकालाई मंसिर २९ गतेभित्र खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिने तयारी छ । जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेल,कटहरी गांउपालिकाका प्रमुख रामकुमार कामत,उपप्रमुख मन्जिता सरदार लगायतले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन ।

कटहरी गाँउपालिकाको पुर्वमा धनपाल थान,पश्चिममा विराटनगर,उत्तरमा ग्रामथान र दक्षिणमा जहदा गाँउपालिका अवस्थित छ । ८ हजार २ सय घरधुरी रहेको कटहरी गांउपालिकामा ३९ हजार ७ सय ७५ जनसंख्या रहेको गांउपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कार्कीले बताए ।

कटहरी गाँउपालिकालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान अन्र्तगत विहान जनचेतनामुलक ¥याली निकालिएको थियो । विहान निकालिएको ¥यालीले कटहरी गांउपालिकाको वडा नम्बर ३ का विभिन्न टोलह?को परिक्रमा गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.