राजधानीमै बालकको अपहरणपछि हत्या

१३ मंसिर ७५, शुक्रबार

काठमाडौं : राजधानीमै अर्का बालकको अपहरण र हत्या भएको छ । , आजको नयाँ पत्रिकामा यो खबर छ ।

Advertisement

गोंगबुस्थित प्रयासमार्गमा स्वस्तिका गेस्टहाउसका सञ्चालक प्रवीण कुँवरका ८ बर्षीय छोरा प्रयासको उनकै चालक महेन्द्र एसकेले हत्या गरेका हुन् ।

महेन्द्रले प्रयासलाई अपहरण गरी गाडीभित्रैै हत्या गरेर खोलामा शव फालेका थिए । महेन्द्रलाई पक्राउ गरेर अनुसन्धान गरेपछि घटनाको वास्तविकता खुलेको हो ।

Advertisement

उनकै बयानका आधारमा महानगरीय अपराध महाशाखाले म्हैपीस्थित सामाखुसी खोलामा बालकको शव भेटेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top