×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

टी–१० लिग : सन्दीपको खराब प्रर्दशनसँगै केरालाको हार

१४ मंसिर २०७५

एजेन्सी, मंसिर १४
यूएईमा जारी टी–१० लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले लगातार खराब प्रदर्शन गर्दा उनी सम्मेलित टोली केरला किंग्स पाँचौ खेलमा पनि पराजित भएको छ । केरला किंग्स बिहीबार भएको पाँचौ खेलमा नर्थन वारियर्ससँग ८ विकेटले पराजित भएको हो ।

सन्दीपले बलिङमा खराब प्रदर्शन गरेपछि केरालाले प्रस्तुत गरेको १ सय २ रनको लक्ष्य वारियर्सले ७.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्दै सहज जित हासिल गरेको हो ।  निकोल्स पूरन र आन्दे रुसेलले आक्रमक ब्याटिङ गर्दै वारियर्सलाई सहज जित दिलाए ।

Advertisement

पुरनले १८ बलमा ५ छक्का र २ चौका प्रहार ४३ रनमा नट आउट रहे । आन्द्रे रुसेल १० बलमा ४ छक्का प्रहार गर्दै २९ रनमा नट आउट रहे ।सन्दीपले आफ्नो पहिलो स्पेल लिएर चौथो ओभरमा बलिङ गर्न आएका सन्दीपलाई निकोल्स पूरनले उक्त ओभरमा ३ छक्का प्रहार गरे । उनले पहिलो ओभरमा २२ रन खर्चे भने दोस्रो ओभरमा झनै महँगो सावित भए ।

आफ्नो दोस्रो स्पेल लिएर आएका सन्दीपलाई रसेलले लगातार तीन बलमा तीन छक्का प्रहार गरे । त्यस्तै पाँचौ बलमा पुरनले पनि छक्का प्रहार गरे । सन्दीपले सम्रगमा २ ओभरमा ४७ रन खर्चिए । चौथो खेलमा पनि सन्दीपले पञ्जावी लिजेन्ड्सबीद्ध २ ओभरमा २८ रन खर्चिएका थिए भने विकेट विहीन थिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको केरलाले २ विकेटको क्षतिमा १ सय १ बनाउन सक्यो । ओपनर पाउल स्टर्लिङ २८ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६० रन बनाए । त्यस्तै कप्तान इओन मोर्गिनले १७ र क्रिस गेलले १४ रन जोडे ।

Advertisement

यो हारसँगै केरलाको अघिल्लो चरण प्रवशको सम्भावना कठिन मोडमा पुगेको छ । अव अंकगणीतिय संभावना मात्र बाँकी रहेको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top