एजेन्सी, मंसिर १४
यूएईमा जारी टी–१० लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले लगातार खराब प्रदर्शन गर्दा उनी सम्मेलित टोली केरला किंग्स पाँचौ खेलमा पनि पराजित भएको छ । केरला किंग्स बिहीबार भएको पाँचौ खेलमा नर्थन वारियर्ससँग ८ विकेटले पराजित भएको हो ।
सन्दीपले बलिङमा खराब प्रदर्शन गरेपछि केरालाले प्रस्तुत गरेको १ सय २ रनको लक्ष्य वारियर्सले ७.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्दै सहज जित हासिल गरेको हो । निकोल्स पूरन र आन्दे रुसेलले आक्रमक ब्याटिङ गर्दै वारियर्सलाई सहज जित दिलाए ।
पुरनले १८ बलमा ५ छक्का र २ चौका प्रहार ४३ रनमा नट आउट रहे । आन्द्रे रुसेल १० बलमा ४ छक्का प्रहार गर्दै २९ रनमा नट आउट रहे ।सन्दीपले आफ्नो पहिलो स्पेल लिएर चौथो ओभरमा बलिङ गर्न आएका सन्दीपलाई निकोल्स पूरनले उक्त ओभरमा ३ छक्का प्रहार गरे । उनले पहिलो ओभरमा २२ रन खर्चे भने दोस्रो ओभरमा झनै महँगो सावित भए ।
आफ्नो दोस्रो स्पेल लिएर आएका सन्दीपलाई रसेलले लगातार तीन बलमा तीन छक्का प्रहार गरे । त्यस्तै पाँचौ बलमा पुरनले पनि छक्का प्रहार गरे । सन्दीपले सम्रगमा २ ओभरमा ४७ रन खर्चिए । चौथो खेलमा पनि सन्दीपले पञ्जावी लिजेन्ड्सबीद्ध २ ओभरमा २८ रन खर्चिएका थिए भने विकेट विहीन थिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको केरलाले २ विकेटको क्षतिमा १ सय १ बनाउन सक्यो । ओपनर पाउल स्टर्लिङ २८ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६० रन बनाए । त्यस्तै कप्तान इओन मोर्गिनले १७ र क्रिस गेलले १४ रन जोडे ।
यो हारसँगै केरलाको अघिल्लो चरण प्रवशको सम्भावना कठिन मोडमा पुगेको छ । अव अंकगणीतिय संभावना मात्र बाँकी रहेको छ ।