नेकपामा गुटको राजनीति मौलाएको नारायणकाजीको खुलासा

१४ मंसिर ७५, शुक्रबार
Share this
756shares

विराटनगर, मंसिर १४
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले गरेको कामको मुल्याकङन गर्ने समय भई नसकेको बताएका छन् ।

Advertisement

उनले सरकारको कामको बारेमा गम्भिर आत्मासमिक्षा गदै परिणमामुखी काम गर्न भने जरुरी रहेको बताए । विराटनगर विमानस्थलमा आज स्थानीय संचारकर्मीसंगको कुराकानीमा नेता श्रेष्ठले भने‘सरकारको कामको मुल्याङन गर्ने भन्दापनि कामको समिक्षा गर्न भने अहिले आवश्यक छ,’।

उनले नेकपा भित्र व्यक्तिगत स्वार्थको लागि गुटको राजनिति मैलाएको बताए । पार्टीलाई गुटरहित बनाउन आवश्यक रहेकोमा पनि जोड दिएका छन् ।

Advertisement

नेता श्रैष्ठले भने‘ हाम्रो पार्टी गु्टविहिन पार्टी हुन सकेको छैन,यो लुकाएर लुक्ने कुरा हौइन,व्यतिगत स्वार्थमा आधारित गुट र गिरोहबन्दीलाई निरुसाहित र असफल बनाउन आवश्यक छ,पार्टीमा यस विषयमा गम्भिर छलफल जारी छ ।’

उनले पार्टी भित्र बैचारिक छलफल र अन्तरसंघर्ष बढाउन भने आवश्यक रहेको बताए । उनले निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटना काण्डको अपराधीलाई अहिलेसम्म पत्ता लगाउन नसक्नु दुखद भएको बताए । घटनामा संलग्न अपराधीलाई पत्ता लगाउन सरकार लागि परेको उनले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top