डिजेल चोरी प्रकरण : निर्देशक यादवलाई जोगाउन मन्त्रीको दवाव

विराटनगर : ट्यांकरमा लगाईएको अत्याधुनिक तालाको चाबी ट्यांकर चालकसँगकै मिलेमतोमा बाहिर पुर्याएर डिजेल चोरी गराएको आरोप लागेका नेपाल आयल निगम प्रदेश कार्यालय विराटनगरका निर्देशक दिनेशकुमार यादबलाई जोगाउन उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मातृका यादवले निगम प्रशासनलाई दबाब दिएका छन् ।

डिजेल चोरी काण्डमा छानबिन गरिरहेको छानविन समितिले ट्यांकरको ताला खोल्ने चाबी नै बाहिर पुर्याएको निष्कर्षमा पुगेपछि निर्देशक यादबमाथि दबाब बढेको हो । उनले आफुले सफाई पाउने अवस्था देखेपछि आपुर्तीमन्त्री यादवमार्फत निगमको बोर्डमै दबाब दिएका हुन् ।

अत्याधुनिक ताला लगाएको ट्याङ्करबाट डिजेल चोरिएको घटना लगत्तै निर्देशक यादबलाई निलम्बनमा राखिनुपर्ने प्रशासनभित्र माग थियो । तर मन्त्री यादवकै दबाबका कारण निर्देशक यादबलाई घटना मिलाउन निलम्बन नगरिएको नेपाल आयल निगम व्यवस्थापन स्रोतले आरोप लगाएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top