आठौं राष्ट्रिय खेलकुदमा यी हुने छन् मोरङका खेलाडी

आठौं राष्ट्रिय खेलकुदमा यी हुने छन् मोरङका खेलाडी

विराटनगर,मंसिर १५
मोरङ जिल्लाबाट आठौं राष्ट्रिय खेलकुदका लागि शनिबार बक्सिङ, कराते, भारोत्तोलन, र बास्केटबलका खेलाडी छनौट भएका छन् । बास्केटबलतर्पm विवेक बस्नेत, निश्चल दुलाल, मुकेश यादव, त्रिलोक बास्तोला, वर्दानकुमार साह, दिपेश कटुवाल, नमन यादव, पार्षद भट्टराई, गजराज लिम्बू, संछिप लिम्बू, राजेश खनाल र सोल कार्की छनौट भएका छन् ।

कराते पुरुषतर्फ ५० केजीमा महेश यादव, ५५ केजीमा विवेक थापा, ६० केजीमा किशोर कोइराला, ६७ केजीमा रोजन खड्का, ७५ केजीमा सलबहादुर गुरुङ, ८४ केजीमा ईश्वर माझी र ८४ केजी माथि सागर राउत छनौट भए ।

महिलतर्फ ४५ केजीमा अन्जना मगर, ५० केजीमा ज्योतीकुमारी महतो, ५८ केजीमा स्वस्तिका राई, ६१ केजीमा प्रतिमा रजत, ६८ केजीमा रोजिला लिम्बू र ६८ केजी माथिमा कृति दुलाल छनौट भएका छन् ।

त्यसैगरी करातेको काँता पुरुष एकलतर्फ विनय लिम्बू र पुरुष समूहमा साहिल राई, निशान मगर र सपुत मगर छनौट भए भने महिला काँता एकलतर्फ स्वस्तिका राई र समूहमा अन्जना मगर, आर्सी कार्की र सिम्रन राई छनौट भएका छन ।

शसनबारै भएको भारोतोलनतर्फ अजित राजवंशी, अरुण राजवंशी, पियुष राजवंशी, कप्तेश्वर राजवंशी र अर्जुनदेव राजवंशी छनौट भएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.