×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

१५ नयाँ शहर निर्माणको कार्यले गति लिदै, मोरङको रंगेलीमा काम सुरु

१६ मंसिर २०७५

विराटनगर ,मंसिर १६
सरकारले मुलुकभरका १५ नयाँ शहर निर्माणको कार्यलाई गति दिएको छ ।सरकारले तराई मधेशको हुलाकी राजमार्गमा पर्ने १० वटा र मध्यपहाडी राजमार्गमा पर्ने ५ वटा शहरको छनौट गरी नयाँ शहरका रुपमा विकास गर्ने योजनाको काम एक साथ अघि वढाएको हो ।

त्यसैगरी मध्यपहाडी राजमार्गमा पर्ने ५ वटा शहरको छनौट गरी नयाँ शहरका रुपमा विकास गर्ने योजना सरकारको रहेको छ । जस अनुसार नयाँ शहरका रुपमा बिकास गरिने स्थानमा सघन शहरी विकास कार्यक्रम अन्तर्गत ती शहरमा अहिले शहरी सडक निर्माण, ढल, बसपार्क, हाटबजार, पोखरी र मनोरञ्जन पार्क निर्माण गर्ने लगायतका काम शुरु भएको छ ।

Advertisement
Advertisement

शहर निमार्णका लागि छुट्टै कार्यालयको स्थापना
चालु आर्थिक बर्षबाट ती शहर निर्माणको लागि परामर्शदाता नियुक्ति गरी मास्टर प्लान निर्माण सँगै सघन शहरी विकास कार्यक्रम अन्तर्गत ती शहरमा भौतिक पूर्वधार निर्माणको कामपनि अघि बढाइएको हो । परियोजनाका लागि आयोजना कार्यालय स्थापना गरिएको छ । शहरी विकास तथा भवन निर्माण विभाग नयाँ शहर आयोजना समन्वय कार्यालयका कार्यक्रम निर्देशक पराग कायस्थले १५ नयाँ शहर निर्माणको चालु आर्थिक बर्षबाट काम शुरु भएको जानकारी दिए ।

उनले भने‘ १५ नयाँ शहरका लागि मास्टर प्लान निर्माण गर्ने देखि आवश्यक भौतिक संरचना तयार गर्ने काम अघि वढेको छ । कार्यक्रम निर्देशक कायस्थले मास्टर प्लान र सामान्य संरचना निर्माणका लागि चालु आर्थिक बर्षका लागि २ अर्ब १३ करोड रुपैया बजेट विनियोजन भएको जानकारी दिए ।

सरकारले आव २०७३,७४ मा तराई मधेशको हुलाकी राजमार्गमा पर्ने १० वटा बस्ती र तराई मधेशका पाँच बस्तीलाई नयाँ शहरका रुपमा विकास गर्ने कार्यक्रमलाई बजेटमा समावेश गरेको थियो । यस्तै सोही हुलाकी राजमार्गमा १० नयाँ शहरको स्थान पहिचान, विस्तृत परियोजना प्रतिवेदनको तयारी र पूर्वाधार निर्माण गर्ने भनिए पनि पहिचान भएका शहरको कुनै पनि प्राविधिक तयारी हुन सकेको थिएन।

बजेट अभावमा पूर्वाधार निर्माणको काम पनि अघि बढन सकेको थिएन । अघिल्ला कार्यक्रमहरुको यस्तो अवस्था रहेकै बेला सरकारले पुनः २०७४ असार २८ गते थप १० वटा शहरलाई स्मार्ट सिटीका रुपमा विकास गर्ने निर्णय गरेको थियो । १५ वटा शहरलाई १० वटा प्याकेजमा व्यवस्थापन गर्ने आयोजनाको लक्ष्य छ । परामर्शदाताले पुस मसान्तभित्र ती शहरका एकीकृत विकास योजना निर्माणको समय पाउने छन् र, पाँच वर्षभित्र न्यूनतम पूर्वाधारयुक्त शहर विकास गरिसक्ने लक्ष्य छ ।

सरकारले मध्यपहाडी राजमार्गमा जस्तै हुलाकी मार्गमा पनि आधुनिक शहर बसाउन लागेको हो । हुलाकी सडकको दायाँ÷बायाँ तीन किमि क्षेत्रमा त्यस्ता शहर बसाउने सरकारी योजना छ । जमिनको उपलब्धता, जनसंख्या, जनघनत्व, नोडल(जक्सन, आर्थिक विकासको सम्भावना, गैरकृषिमा संलग्न जनसंख्या, खानेपानीको स्रोत, बसाइँसराइ, सरकारी सेवाको अवस्था, साक्षरता र सडकको पहुँचजस्ता ११ सूचकलाई आधार मानेर शहर बसाउने क्षेत्र छनौट गरिएको छ । १७ सय ९२ किमि लामो हुलाकी राजमार्गले झापाबाट कञ्चनपुर जोड्नेछ ।

सातमध्ये चार वटा प्रदेशमा व्यवस्थित बस्ति बसाउने योजना रहेको कायस्थले जानकारी दिए । प्रदेश नं १ मा झापाको गौरीगञ्ज र मोरङको रंगेली, प्रदेश नं २ मा बाराको गढीमाई, सर्लाहीको ईश्वरपुर, सप्तरीको शम्भुनाथ, महोत्तरीको बलावा सरपल्लो, प्रदेश ५ मा बर्दियाको राजापुर र नवलपरासीको बर्दघाट तथा प्रदेश ७ मा कञ्चनपुरको बेलौरी र कैलालीको भजनी त्रिशक्तिमा शहर विकास गरिने छ । कायस्थका अनुसार हुलाकी राजमार्गले जोडेका २० जिल्लाका बासिन्दाको जीवनस्तर उकास्न आधुनिक शहर निर्माण गर्ने अवधारणा छ ।

स्थानीय स्तरमा पनि काम
शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वय इकाई मोरङले नयाँ शहरलाई व्यवस्थित गर्ने योजना अगाडि बढाएको छ । मोरङको पूरानो सदरमुकाम रंगेलीलाई व्यवस्थित गर्ने योजना अनुसार ७ करोड ६१ लाख लागतमा सडक र नाला निर्माण शुरु हुँदैछ । डिभिजन कार्यालयले रंगेलीको व्यवस्थापनका लागि डीपीआर तयार पारिसकेको छ ।

इकाई कार्यालयका अनुसार २ बर्ष भित्र सक्ने गरी बिरुवा कन्सट्रक्सनले निर्माणको ठेक्का पाएको छ । रंगेली शहरमा पहिलो चरणमा सडक र नाला व्यवस्थापन तथा दोस्रो चरणमा योजनाबद्ध बस्ति विकास गरिने छ ।

अन्तर्राष्ट्रिय मान्यताअनुसार शिक्षा, स्वास्थ्य, सिर्जनशीलता, सुरक्षा र समावेशीकरण, सूचना प्रविधि, पूर्वाधार, अनलाइन सेवा, पारदर्शी र खुला सरकार, पहिचान, नवीन उद्यमशीलता, उत्पादनशीलता र हरित व्यवसाय भौतिक पूर्वाधार, शहरी सेवा सुविधा तथा सामाजिक पूर्वाधार उपलब्ध भएको क्षेत्रलाई स्मार्ट शहरका रुपमा लिइन्छ ।

Advertisement

सरकारले शहर बसाउने भन्दै बजेट छुटएर काम थाले पनि दशकौंदेखि हुलाकी राजमार्गको काम नै अहिलेसम्म पूरा भने हुन सकेको छैन ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top