रंगेली बजारका घर भत्काईयो

रंगेली बजारका घर भत्काईयो

विराटनगर : मोरङको पुरानो सदरमुकाम रंगेली बजारको सरकारी जमिन रहेका पुराना घरहरु आईतबार भत्काईएको छ ।

रंगेली बजारमा आईतबार दिनभर घरहरु भत्काएको हेर्ने मानिसको जमघट थियो । सरकारी जमिनमा बषौँदेखि बसेका स्थानीयलाई हटाउन प्रहरी सुरक्षा तैनाथ गरिएको थियो ।

१० वटा घरसहित सार्वजनिक स्थलका रुखहरुसमेत डोजर लगाएर लडाईयो । बजार क्षेत्रमा घर भएकाले घरधनी भत्काएका घरका सामान र पसलका सामान हटाउन व्यस्त देखिन्थे ।

नगरपालिकाले ब्यबसायिक भवन, हाट र बसपार्क निर्माणका लागि सरकारी जमिन खाली गरिएको जनाएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.