विराटनगर,मंसिर १७
प्रदेश एकका मुख्यमन्त्री शेरधन राइले कर्मचारीलाई उच्च मनोबल र इच्छाशक्तिका साथ काम गर्न निर्देशन दिएका छन् ।
प्रदेश एकको उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयले सोमबार विराटनगरमा आयोजना गरेको निति कार्यक्रम र भावी कार्यदिशा बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागि कर्मचारीलाई सम्बोधन गदै उनले यस्तो निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री राईले परिवर्तित सन्र्दमा जनताका अपेक्षा बढेको बताउदै जनताले सुशानसनको अनुभुति गर्न सक्ने हिसाबले कामगर्न कर्मचारीलाई सुझाव दिए ।
उनले नयां ब्यवस्थाको पहिलो चरण भएकाले सबै ठांउमा आवश्यक कर्मचारी उपलब्ध भइनसकेको बताउदै आउदो केहि दिनभित्रै सो समस्या समाधान हुने बताए ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले कार्यसम्पादनको क्रममा देखिएका समस्याहरुलाई तत्काल समाधान गर्न कर्मचारीलाई प्रदेश सरकारले सघाउने बताए ।
उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुशियैतले अभावका वावजुद कर्मचारीले उदाहरणीय काम गर्ने अवसर आएकाले ऐतिहासिक चुनौतीलाई सामना गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेश एकका विभिन्न जिल्लाका वन,वातावरण तथा पर्यटनसंग जोडिएका कर्मचारीहरुको सहभागिता थियो ।