नयाँ मदिरा उद्योगलार्इ राेक

१७ मंसिर ७५, मंगलबार

काठमाडौं : गृहमन्त्रालयले नयाँ मदिरा उद्योग दर्ता कार्य हाललाई स्थगन गरेको छ। मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको कार्यकारी आदेशले मदिराको नयाँ उद्योग दर्तामा रोक लगाएको हो।

Advertisement

गृह मन्त्रालयले आदेश पास गराउन केही दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाएको छ । ‘मदिरा उत्पादन र बिक्रीवितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश, २०७५’ नाम दिइएको सो आदेशअनुसार ५० प्रतिशत पूर्वाधार तयार गरिसकेका मदिरा उद्योगले पनि अनुभति पाउने छैनन्।

 ‘नयाँ मदिरा उद्योगको अनुमति तथा दर्ता गर्ने कार्य हाललाई स्थगित गरिनेछ, इजाजतप्राप्त गरी ६० प्रतिशतभन्दा बढी लगानी र तयारी पूरा गरेका बाहेकका सञ्चालनमा आउन बाँकी मदिरा उद्योगलाई उद्योग सञ्चालन अनुमति अर्को व्यवस्था नहुन्जेलका लागि रोक्का गरिनेछ’, आदेशमा उल्लेख छ।

Advertisement

त्यस्तै सञ्चालनमा रहेका उद्योगको शाखा विस्तार र क्षमता अभिवृद्धिमा पनि रोक लगाइएको छ। मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषदबाट पास हुनासाथ आदेश तुरुन्तै लागु हुनेछ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top