काठमाडौं,मंसिर १८
बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायको लागि पोस्टर ठाउँठाउँमा टाल्ने अभियान चलिरहेको छ ।पोस्टर टाँस्ने क्रममा आज प्रदर्शनकारीले ‘सरकार भेटियो न्याय भेटिएन’ नारा लेखिएको पोस्टर प्रहरीकै भ्यानमा समेत टाँसेका छन् ।
युवाहरुको जमात जम्मा भएको प्रदर्शनीमार्गमा ठुलो संख्यामा प्रहरीको पनि उपस्थिती थियो। पोष्टरिङ तथा प्रदर्शन गरिएका युवालाई स्र्कटिङ गर्न प्रहरीले गाडिबाट ओलिएपछि प्रदर्शनकारीले प्रहरीकै भ्यानमा पोष्टर टाँसेका थिए।
पोस्टर ठाउँठाउँमा टाल्ने अभियानमा हिजोमात्र युवाहरुले उपत्यकाबाट बाहिर छूटने प्रत्येक गाडीमा उक्त न्यायको स्टिकर टाँसेका थिए।