प्रधानमन्त्री ओलीले देशको बेइज्जत गरेःशेखर कोइराला

विराटनगर, मसिंर २१
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली एशिया प्यासेफिक समिट (धार्मिक संस्था) को कार्यक्रममा सहभागि भएर देशकै बेइज्जती गरेको आरोप लगाएका छन् ।

एउटा विशुद्ध धार्मिक संस्था (एनजीओ) को कार्यक्रममा प्रधानमन्त्री स्वयं उपस्थित हुनुले छिमेकी राष्ट्रहरु समेत चिन्तित भएको उनको भनाई थियो ।

मोरङ क्षेत्र नम्बर ३ ले शुक्रबार सुन्दर हरैचाको विराट चौकमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा सम्वोधन गर्दै नेता कोइरालाले प्यासेफिक समिटमा प्रधानमन्त्रीको प्रत्यक्ष सहभागिताले देश अर्कै मोडमा धकेलिरहेको बताए ।

धार्मिक संस्थालाई राज्यले सहयोग गरेको आरोप लगाउदै , यसले के देखाउँछ भने राज्य एउटा एनजीओमा निरिह बनेको बताए । क्रिश्चियन धर्मको प्रचारको लागि आएको संस्थाबाट प्रधानमन्त्री ओलीले १ लाख डलर नगद थाप्नु कानून सम्मत नरहेको पनि कोइरालाको टिप्पणी छ ।

कार्यक्रममा अर्का केन्द्रीय सदस्य एवम् सांसद गगन थापाले पार्टी सरकार बाहिर रहेपनि जनतासँग नजिक रहेको बताए ।