सिक्टा सिंचाइ आयोजनामा २ अर्ब भ्रष्ट्राचार, बिक्रम पाण्डे सहित २१ जना विरुद्ध मुद्दा को-को परे हेर्नुहाेस् (सूचिसहित)

काठमाडौं,मंसिर २२

सिक्टा सिंचाइ आयोजनामा भ्रष्ट्राचार भएको प्रमाणित भएपछि २१ जना विरुद्ध मुद्दा दायर गरिएको छ । २ अर्ब माग दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

आयोजनाकाे नहर भत्किएको, मूलनहरको डिजाइनमा नै त्रुटि तथा निर्माणकै क्रममा पनि आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेण्ट, निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको हुँदा गुणस्तरिय कार्य हुन नसकेको आयोगले दाबी गरेको छ ।

यसअघि एक पटक परीक्षणका क्रममा नहर भत्किसकेकोमा पुनस्परीक्षण समेत नगरी निर्माण व्यवसायीलाई उन्मुक्ति दिएको भन्ने आयोगमा उजुरी परेको थियो ।

उजुरीको आधारमा आयोगबाट अनुसन्धान हुँदा आयोजनाको कार्यरत रहेका कर्मचारीहरु समेतको मिलेमतो रहेको प्रमाणित भएको छ । सोहि आधारमा आयोगले शुक्रबार २१ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।(विकास न्युज)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.