विराटनगर, मंसिर २२
रौनियार सेवा समाज विराटनगरको अध्यक्षमा पुनः रामनरेश साह रौनियार चयन भएका छन् । समाजको विराटनगरमा आज सम्पन्न भएको ८ औं वार्षिक साधारण सभाबाट रामनरेश सर्वसम्मत रुपमा अध्यक्षमा तेस्रो पटक चयन भएका हुन् ।
१७ सदस्यिय नयां कार्यसमितिको उपाध्यक्षमा अवध नारायण साह, सरस्वती देवी रौनियार, महासचिब जुगलप्रसाद गुप्ता, सहसचिब रंजित गुप्ता र कोषाध्यक्षमा रामलखन साह रौनियार रहेका छन् ।
समितिको अन्य सदस्यहरूमा बैजनाथप्रसाद गुप्ता,देवेन्द्र साह,विश्वनाथ रौनियार,कलावती रौनियार र अशोक साह रौनियार लगायत रहेका छन् । रौनियार सेवा समाज विराटनगरमा ६ सय घरपरिवार सदस्यहरू आवद्ध छन् ।
सो संस्थाले समुदायको समाजिक उत्थानको अभियान चलाउनुका साथै भ्रुण हत्या बिरुद्ध सचेतना अभियान चलाउँदै आएको छ । ‘छोरी बचाउ, छोरी पठाउ’ अभियानमा समेत सो संस्थाले योगदान दिंदै आएको जनाइएको छ ।