अपाङ्गताका लागि प्रदेश सरकारले विशेष निति ल्याउने

२२ मंसिर ७५, आइतबार

विराटनगर,मंसिर २३
प्रदेश एकका समाजिक विकासमन्त्री जीवन घिमिरेले अपाङ्गताभएका व्यक्तिहरुको हितमा प्रदेश सरकारले विशेष निति ल्याउने तयारी गरिरहेको बताएका छन ।

Advertisement

राष्ट्रिय बहिरा महासंघ नेपालको विराटनगरमा आयोजित २२ औं बार्षिक सभालाई शनिबार सम्बोधन गर्दे उनले बहिराहरुका साथै अपाङता भएका ब्यक्तिहरुको हितमा प्रदेश सरकारले बिशेष निति ल्याउन लागेको बताए ।

उनले त्यसका लागि प्रदेश सरकारले कार्यदल गठन गरेर सुझाव संकलन गरिरहेको बताउदै अपाङता भएका ब्यक्तिहरुले उठाउँदै आएका समस्याहरु छिट्टै समाधान हुने विश्वास ब्यक्त गरे ।

Advertisement

मन्त्री घिमिरेले अपाङता भएकाहरुलाई स्वरोजगार बनाउन व्यावसायिक तालिम आयोजना गर्नुका साथै विराटनगरमा रहेको बहिरा स्कुललाई स्तरोन्नती गर्ने र धरानमा रहेको ज्ञानचक्षु माध्यमिक विद्यालयलाई प्रदेशस्तरीय विद्यालय बनाइने घोषणासमेत गरे ।

महासंघका महासचिव बिजय तामाङले हरेक स्थानीय निकायमा दोभाषे राख्न प्रदेश सरकारसँग माग गरेका छन । यसैबीच कार्यक्रममा तीनजना पत्रकारलाई सम्मान गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top