विराटनगरमा बढ्दै बाँदर

विराटनगरमा बढ्दै बाँदर

विराटनगर : विराटनगर आसपास जंगल छैन । तर कङ्क्रिटको शहर विराटनगरभित्र बाँदरको एक हुल छ ।

नगरबासीलाई यसको जानकारी छैन । नगरको दक्षिणी क्षेत्र मिल्स एरियामा रहेको रघुपति जुट मिलभित्र बाँदरको संख्या बढ्दो क्रममा छ ।

तीन ठुला भाले र २५ जति साना ठुला बच्चा गरेर ४० को संख्यामा बाँदरको हुल छ । तीन बर्षअघि बन्द गोदाम खोल्दा ६ वटा जति बाँदर देखिएका थिए ।

मिलका प्रशासन प्रबन्धक श्यामकुमार आचार्यले तीन वर्षमै ठुलो समुह भइसकेको बताए ।

बाँदरले मिलमा कार्यरत १२ जनालाई टोकिसकेको छ ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.