विराटनगर : विराटनगर आसपास जंगल छैन । तर कङ्क्रिटको शहर विराटनगरभित्र बाँदरको एक हुल छ ।
नगरबासीलाई यसको जानकारी छैन । नगरको दक्षिणी क्षेत्र मिल्स एरियामा रहेको रघुपति जुट मिलभित्र बाँदरको संख्या बढ्दो क्रममा छ ।
तीन ठुला भाले र २५ जति साना ठुला बच्चा गरेर ४० को संख्यामा बाँदरको हुल छ । तीन बर्षअघि बन्द गोदाम खोल्दा ६ वटा जति बाँदर देखिएका थिए ।
मिलका प्रशासन प्रबन्धक श्यामकुमार आचार्यले तीन वर्षमै ठुलो समुह भइसकेको बताए ।
बाँदरले मिलमा कार्यरत १२ जनालाई टोकिसकेको छ ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।