नयाँ जनवादी क्रान्तिको तयारीमा जोड

१० पुस ७४, मंगलबार

काठमाडौँ, पुस ११
नेकपा (माओवादी केन्द्र)का महासचिव मोहन वैद्यले माक्र्सवाद–लेनिनवाद–माओवादको सैद्धान्तिक पथप्रदर्शनमा नेपालमा नयाँ जनवादी क्रान्तिको तयारी गर्नु आजको कार्यभार भएको बताएका छन् ।

Advertisement

कम्युनिष्ट नेता माओ त्सेतुङको १२५औँ जन्म दिवसका अवसरमा आज प्रेस विज्ञप्ति जारी गर्दै नेता वैद्यले क्रान्तिलाई अगाडि बढाउनका लागि माओले देखाएको बाटामा दृढतापूर्वक अगाडि बढ्न आह्वान गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “सिंगोे विश्वका साथै नेपालमा पनि क्रान्तिका लागि साम्राज्यवाद र दक्षिणपन्थी संशोधनवादद्वारा भीषण अवरोध तथा चुनौती तेस्र्याइएका छन् । यस प्रकारको कार्यभार वहन गर्नका लागि माओ दिवसले हामीलाई विशेष ऊर्जा र उत्प्रेरणा प्रदान गर्दछ ।”

Advertisement

माओले चीनमा मात्र होइन विश्वक्रान्तिकै निम्ति सैद्धान्तिक हतियार प्रदान गरेको उल्लेख गर्दै वैद्यले उनको ऐतिहासिक योगदान सबैका लागि अविस्मरणीय रहेको जनाएका छन् ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top