एजेन्सी,मंसिर २४
स्पेनिस ला लिगा अन्तरगत आईतबार भएको खेलमा रियल म्याड्रिडले हुएस्कामाथि संघर्षपुर्ण जित दर्ता गरेको छ । वेल्स फरवार्ड ग्यारेथ बेलको एकमात्र गोलमा म्याड्रिडले हुएस्कालाई १–० ले पराजित गरेको छ ।
बेलले खलेको आठौँ मिनेटमा गोल गर्दै रियललाई खेलमा अग्रता दिलाएका थिए । उनले भलीमार्फत गोल गर्दै गोलविहिन १० खेलको यात्रामा पूर्णविराम लगाए ।
रियलले निकै संघर्ष गरेको खेलमा बेलको दोस्रो हाफको प्रयास भने सफल हुन सकेन ।हुएस्काले पनि दोस्रो हाफमा प्राप्त गरेको अवसर सिर्जना गर्न सकेन । आक्रमणमा रियल भन्दा धेरै अवसर सिर्जना गरेको हुएस्काले फिनिस गर्न नसक्दा खेलमा पराजय भोग्नुपर्यो
दोस्रो हाफमा रियलले जम्मा दुई पटक पोस्टमा आक्रमण गर्यो । तर, अग्रपंक्ति सम्हालिरहेका फरवार्ड करीम बेन्जेमाले एक पटक पनि पोस्टमा आक्रमण गर्न सकेनन् ।
रियलको जितमा गोलरक्षक थिबाउट कोर्टुवाले भने उत्कृष्ट प्रदर्शन गरे । जितसँगै सान्टियागो सोलारीको टोली बार्सिलोनाभन्दा ५ अंक पछाडी रहँदै लिगको शीर्ष ४ मा अटाएको छ । रियलको १५ खेलमा २६ अंक रहेको छ । रियल समूह विजेता बन्दै दोस्रो चरण पुगिसकेको छ ।