×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

गोदाममा मल छ तर मोरङका किसानले पाएनन् (भिडियो रिपोर्टसहित)

२५ मंसिर २०७५

विराटनगर, मंसिर २४
पूर्वी तराईका किसानहरुलाई यतिबेला धान थन्क्याउने र गहुँ छर्ने चटारो छ । धान थन्क्याएर गहु छर्ने बेला किसानहरु भने गहुँको बिउ र मल नपाएको गुनासो गरेका छन् । धान रोप्ने सिजनमा आवश्यक पर्ने युरिया अभाव झेलेका मोरङका किसानहरु यतिबेला गहुँको बिउ र त्यसलाइ आवश्यक पर्ने डिएपी मल अभाव हुँदा हैरानी व्यहोरिरहेका छन् ।

सामान्यतया धान रोप्ने सिजनमा युरिया र गँहु छर्ने यो सिजनमा डीएपीको माग अध्यधिक हुने गरेको छ । सरकारको पूर्ण स्वामित्वमा रहेको कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङले मलको आयात र विक्री वितरण गर्दै आएको छ । तर, मल आयात र विक्री वितरणको जिम्मा पाएका यी संस्थानहरुले आवश्यकता अनुसार मल आपूर्ति भने गर्न सकेका छैनन् ।सिजन अनुसारको मल उपलब्ध नगराउँदा किसान समस्यामा परिरहेका छन् ।

Advertisement
Advertisement

मोरङ शिसवनी जहखदाका किसान पर्शुराम राजवंशीले सिजनका वेला मल नपाउने गरेको गुनासो गरे । उनले जुन मलको आवश्यकता रहेपनी मल किन्ने वेलामा विपरित हुने गरेको बताए । उनले भने ‘ अहिले गहुँ छर्ने बेला छ । गहुँका लागि प्रयाप्त डिएपी मल चाहिन्छ तर, अहिले युरिया मल मात्र पाइन्छ । जुन धान रोप्ने सिजनका लागि आवश्यक हो । त्यतिवेला डिएपी प्रयाप्त पाइएको थियो । अहिले गहुँको सिजन छ । डिएपी आवश्यक हो तर त्यहि पाइँदैन । यतिवेला गहुँ छर्ने बेवा हो डिएवपी एकदमै चाहिरहेको छ तर डिएपी मल पाइँदैन ।’

कृषि सामाग्री कम्पनीले माग गरे अनुसारको मल नदिँदा किसानले भने जति मल उपलब्ध गराउन नसकेको विक्रेताको भनाइ छ । दैनिक १ सय बढी बोरा डिएपी मल विक्री हुने ठाउँमा कम्पनीले हप्तामा १ सय बोरा मात्रै दिने गरेको मोरङ कटहरी स्थित मल विक्रि केन्द्रका प्रमुख राजु राजवंशीले बताए । उनले भने ‘ कृषि सामग्री कम्पनीले हप्तामा एक पल्ट मात्र सय बोरा डिएपी दिन्छ । यहाँ दिनमा सय बोरा कृषकको माग हुने गरेको छ । एकदमै मलका लागि बढी प्रेस गरोभने मात्र हप्तामा २ पल्ट दिन्छ नत्र भने १ पल्ट मात्र हो । यहाँ हप्तामा दोब्बर संख्यामा कृषकहरु मलका लागि आउँछन । त्यसमा पनि एक जना कृषकलाई ३ बोरा भन्दा बढी मलको आवश्यकता हुन्छ । त्यसैले किसानलाई चाहिने जति मल उपलब्ध गराउन सकेका छैनौँ ।’

यता प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता मनोज यादवले कृषि सामाग्री कम्पनी र साल्ट टे«डिङमा पर्याप्त मल रहेको बताए । उनले प्रादेशिक मल नीति बनाउने कुरा अगाडि बढाइरहेको अवस्था रहेको र वर्षाको सिजनमा युरिया र डिएपीको केही अभाव भएपनि पछिल्लो समय त्यस्तो अभाव नभएको दावी गरे ।

उनले भने ‘अहिले कृषि सामग्री र साल्ट ट्रेडिङमा प्रयाप्त मल रहेको जानकारीमा आएको छ । यस सम्बन्धमा हामी धानको वालि भित्रयाइसकेपछी पुन प्रदेश स्तरमा एटा बैठक बस्ने छौँ र मलको उपलब्धता के कस्तो हुन्छ हिउँदे सिजनका लागि मलको कसरि विक्रि वितरणको व्यवस्था मिलाउने, नयाँ परिपेक्षमा यसलाई कसरि व्यवस्थित गर्ने कुरामा हामी छलफलमा छौँ ।’

Advertisement

संघीय सरकार मातहत रहने साल्ड टे«डिङ र कृषि सामाग्री कम्पनी लिमिटेड हाल प्रदेश सरकार मातहतमा रहेका छन । यी दुई संस्थानमा प्रदेश अन्तर्गतका कृषि ज्ञान केन्द्रको मागका आधारमा मल विक्री वितरण हुदै आएको छ। मलको आवश्यकताका आधारमा स्थानीय तहहरुबाट सिफारिस गर्ने गरी मल उपलब्ध गराउने र विक्रीको प्रतिवेदन र मल उपलब्ध गराएको जानकारी स्थानीय तहमा पठाउने व्यवस्था प्रदेश सरकारले गरेको छ ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top